मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज आहा रारा गाेल्ड कपको सेमिफाइनलमा

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज आहा रारा गाेल्ड कपको सेमिफाइनलमा

Charch- Bwaij

पोखरा। मच्छिन्द्र एफसीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब आहा रारा पोखरा गोल्ड कपकाे सेमिफाइनलमा पुगेकाे छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मच्छिन्द्रलाई ३-१ गाेलले हराउँदै ‘ए’ डिभिजन लिगकाे नवप्रवेशी टिम चर्च ब्वाइज सेमिफाइनलमा पुगेकाे हाे ।

चर्च ब्वाइजको जितमा आशीष चापागाईं र आशीष चौधरी निर्णायक रहे । चापागाईंले खेलको २२ औं मिनेट र ४६ औं मिनेटमा २ गोल गरेका थिए भने आशीष चौधरीले खेलको ६५ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै अग्रता तेब्बर बनाएका थिए ।

यस्तै, खेलको ८८ औं मिनेटमा मच्छिन्द्रका लागि शौरभ सुब्बाले गोल गरे । उनले अभिषेक गुरुङको असिस्टमा खेलको अन्तिममा गोल फर्काएका हुन् ।

सोमवार तेस्रो क्वाटरफाइनल खेलमा सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ