पोखरा । विद्यार्थीमा नेतृत्व विकासको महत्व दिलाउन पोखराको पालिखेचोकस्थित प्रतिभा माविले शनिबार विद्यार्थीका लागि एकदिने नेतृत्व विकास प्रशिक्षण दिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी उक्त प्रशिक्षणमा सहभागी थिए ।
विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार हरेक सेक्सनबाट २ जना छात्रा र २ जना छात्र गरी ४ जनाका दरले प्रशिक्षणमा सहभागी गराइएको थियो । सबैगरी ३४ वटा सेक्सनबाट छानिएका विद्यार्थी प्रशिक्षणमा सहभागी थिए । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका ती विद्यार्थीलाई सत्संग प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष लक्ष्मण भण्डारीले प्रशिक्षण दिलाएका थिए । प्रमुख अतिथि पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले प्रशिक्षण उद्घाटन गरेकी थिइन् ।
सापकोटाका अनुसार विद्यार्थीलाई कुनै पनि संस्था वा समूहको नेतृत्व कस्तो हुनुपर्छ र नेतृत्व कसरी गर्ने भनेर सिकाउनका लागि प्रशिक्षण दिइएको हो । ‘यस्तो प्रशिक्षणले विद्यार्थीमा नविनतम सोच पलाउन सघाउँछ । विद्यार्थीले एकतहको नेतृत्व कक्षाकोठामै गरेका हुन्छन । त्यसलाई अझ व्यवहारिक बनाउन विद्यालयले प्रशिक्षण दिलाएको हो,’ उनले भने, ‘नेतृत्व भनेको असाधारण कुरा हो । सबैले सबै ठाउँ सही नेतृत्व लिन सक्दैनन, त्यसैले नेतृत्व लिन चाहनेमा केही खुबि हुनुपर्छ ।’
विद्यालयले विगत नौ वर्षदेखि नियमित रुपमा यो खालको प्रशिक्षण दिँदै आएको सापकोटाले बताए । मान्छेको जीवनमा नेतृत्व कत्तिको महत्वपूर्ण हुन्छ भन्ने पनि यस्तो प्रशिक्षणले सिकाउने उनले सुनाए ।

विद्यालयकी पूर्व विद्यार्थी सुरती पाण्डेले यस्ता प्रशिक्षण केही दिनका लागि सिकाई मात्र नभई मान्छेको जिवन नै परिवर्तन गर्ने माध्यम बन्न सक्ने बताईन । ‘कक्षामा पढेर मात्र हुँदैन, व्यक्तिगत क्षमता पनि बढाउनुपर्छ । हामी पढ्न त स्कुल जान्छौ नै,’ उनले भनिन, ‘पढाईका नियमित गतिविधिसागै व्यक्तित्व विकासमा पनि सहभागि बन्नुपर्छ ।’
महासंघ कास्की अध्यक्ष भण्डारीले जस्तो बिउ रोप्यो फल पनि त्यस्तै हुने भन्दै नेतृत्वले नै भविश्यको बाटो देखाउने बताईन् । ‘आज रोपेको गतिलो बिउ नै भोलिका लागि गतिलो फल हुनेछ,’ उनले भनिन, ‘जिन्दगीको गोरेटोमा हिड्न यस्ता तालिम महत्वपूर्ण हुन्छन् । सिकाईलाई व्यवहारिकतामा परिणत गर्ने हो भने त्यसले भविश्य राम्रो बनाउनेछ ।’
प्रतिभा माविका अध्यक्ष नारायण पौडेलले सिकाई व्यक्तिगत रुपमा मात्र नभई विद्यार्थीमाझ पनि बाड्न जरुरी रहेको बताए । ‘प्रशिक्षणमा सहभागि विद्यार्थी उनीहरुको कक्षाकोठाका प्रशिक्षक हुन । त्यसैले सहपाठीबीच पनि अनुुभव बाड्नुपर्छ,’ उनले भने, ‘यस्ता प्रशिक्षणले भविश्य कता लैजाने भनेर पनि गति दिलाउन सघाउँछ ।’ नेतृत्व विकास र नेतृत्वदायि भूमिका निभाउन निरन्तर मेहनत गर्नुपर्ने उनले बताए ।
‘दृढ विश्वास र लक्ष्य कायम रहेमा हामीले चाहेको ठाउँमा पुग्न सक्छौ । विद्यार्थीले कक्षा कोठालाई पढ्ने ठाउँको रुपमा मात्र नबुुझौ, त्यो ठाउँ हाम्रो भविश्य निर्माण गर्ने थलो हो भनेर पनि बुुझौं,’ अध्यक्ष पौडेलले भने, ‘त्यसो भएमा मात्र नेतृत्व सफल हुनेछ ।’ उनले नेतृत्व लिने व्यक्तिमा अनुशासन पनि उत्तिकै जरुरी रहेको बताए । ‘अनुशासन नभए जस्तोसुकै क्षमता भएपनि काम लाग्दैन,’ अध्यक्ष पौडेलले भने ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो