विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको मृत्यु

विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको मृत्यु

Neera-Chhantyal

पोखरा।  यति एयरलाइन्सको विमान दुर्घटनामा परि लोकगायिका नीरा छन्त्यालको मृत्यु भएको छ ।

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि पोखरा प्रस्थान गरेकी छन्त्यालको विमान दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।

उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्। दिदीका अनुसार निरा पोखरामा आयोजना हुने नेपाल छन्त्याल युवा संघले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन आउन लागेकी हुन् ।

आइतबार बिहान काठमाण्डौबाट १० :३० बजे पोखराका लागि उडेको यति एयरलाइन्सको 9N-ANC कल साइन जहाज करिब ११ बजे दुर्घटनामा परेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ