माधव बराल, पोखरा । पोखरा महानगरपालिकामा गुनासो नआउने गरी काम नभएको सिकायत आइरहेपछि मेयर मानबहादुर जिसीको निर्देशनमा, कहाँ कमजोरी छ भन्ने विश्लेषण गरी सुझाव दिन विज्ञलाई जिम्मेवारी दिइएको छ । जनतालाई दिइने सेवा प्रवाहमा भएका कमी कमजोरी न्यूनीकरण गर्दै महानगरवासीमा सुशासनको प्रत्याभूति दिलाउन ‘ग्याप एनलाइसिस’ गर्न विज्ञलाई जिम्मेवारी दिइएको हो ।
‘कर्मचारी पनि काममा खटिएकै छन्, दिनहुँ महानगरपालिकामा काम पनि भइरहेको छ,’ मेयर मानबहादुर जिसीले भने, ‘तर, सेवा प्रवाहप्रति जनताको गुनासो सधै आइरहेकाले कमजोरीलाई न्यूनीकरण गर्दै महानगरलाई सेवाग्रही र प्रविधि मैत्री बनाउन विज्ञसँग सुझाव लिन लागिएको हो ।’
पिके कन्सल्टेन्टले अहिले पोखरा महानगरपालिकाका विभिन्न महाशाखा, शाखा र विभागबाट भइरहेको सेवा प्रवाहबारे अध्ययन गरिरहेको छ । २२ दिन अघिदेखि काम गरिरहेको कन्सल्टेन्टले अबको १० दिनभित्र महानगरपालिकालाई प्रतिवदेन बुझाउनेछ । संस्थाको व्यवस्थापकीय र सांगठनिक क्षमता विकास गरी कसरी जनतालाई छिटो, छरितो र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सकिन्छ त्यसबारे कन्सल्टेन्टले दिएको सुझावका आधारमा कामअघि बढाइने मेयर जिसीले बताए ।
पिके कन्सल्टेन्टका विज्ञान लोहोनीले संस्थागत सुधार र क्षमताको विकास, जनताको लागि सोच्ने र जवाफदेही वहन गर्न कर्मचारीलाई प्रेरित गर्ने, कर्मचारीको क्षमता विकास, क्षमता अनुसारको काम भएको छ कि छैन त्यसको विश्लेषण, सही ठाउँमा सही व्यक्ति छनोट अवस्थाबारे अध्ययन गरेर सुझाव दिइने बताए । उनले महानगरका सबै महाशाखा, शाखा र विभागका कर्मचारीसँग कुरा गरेर कमजोरीको खोजी गरिने बताए । उनले कर्मचारीले दिएको जानकारीलाई गोप्य राखेर नै रिपोर्ट तयार गर्ने सुनाए ।
कार्य सम्पादनको अवस्था, कर्मचारीबीचको समन्वय, कर्मचारीको कार्य सम्पादन दक्षता, कार्यसम्पादन विधि, मानव संसाधन विकास, प्रशिक्षण र संस्थागत दीगो विकासलाई प्राथमिकतामा राखेर कन्सल्टेन्टले दिएको सुझाव प्रतिवेदनका आधारमा महानगरपालिकाले ठोस कदम चाल्ने जिसीले बताए । ‘कर्मचारी निर्देशन अनुसार परिचालित नभई स्वचालित हुनुपर्छ,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने, ‘हामी कर्मचारी जनताको शासक होइन सेवक हुँ, जनताको सेवा गर्दा सानो भइन्छ भन्ने सोच त्याग्नुपर्छ ।’ कसैको दोष देखाउन नभई संस्थागत सुधार गर्न कमी कमजोरीलाई केलाउन खोजिएको महानगरको भनाइ छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’