माधव बराल, पोखरा । पोखरा महानगरपालिकामा गुनासो नआउने गरी काम नभएको सिकायत आइरहेपछि मेयर मानबहादुर जिसीको निर्देशनमा, कहाँ कमजोरी छ भन्ने विश्लेषण गरी सुझाव दिन विज्ञलाई जिम्मेवारी दिइएको छ । जनतालाई दिइने सेवा प्रवाहमा भएका कमी कमजोरी न्यूनीकरण गर्दै महानगरवासीमा सुशासनको प्रत्याभूति दिलाउन ‘ग्याप एनलाइसिस’ गर्न विज्ञलाई जिम्मेवारी दिइएको हो ।
‘कर्मचारी पनि काममा खटिएकै छन्, दिनहुँ महानगरपालिकामा काम पनि भइरहेको छ,’ मेयर मानबहादुर जिसीले भने, ‘तर, सेवा प्रवाहप्रति जनताको गुनासो सधै आइरहेकाले कमजोरीलाई न्यूनीकरण गर्दै महानगरलाई सेवाग्रही र प्रविधि मैत्री बनाउन विज्ञसँग सुझाव लिन लागिएको हो ।’
पिके कन्सल्टेन्टले अहिले पोखरा महानगरपालिकाका विभिन्न महाशाखा, शाखा र विभागबाट भइरहेको सेवा प्रवाहबारे अध्ययन गरिरहेको छ । २२ दिन अघिदेखि काम गरिरहेको कन्सल्टेन्टले अबको १० दिनभित्र महानगरपालिकालाई प्रतिवदेन बुझाउनेछ । संस्थाको व्यवस्थापकीय र सांगठनिक क्षमता विकास गरी कसरी जनतालाई छिटो, छरितो र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सकिन्छ त्यसबारे कन्सल्टेन्टले दिएको सुझावका आधारमा कामअघि बढाइने मेयर जिसीले बताए ।
पिके कन्सल्टेन्टका विज्ञान लोहोनीले संस्थागत सुधार र क्षमताको विकास, जनताको लागि सोच्ने र जवाफदेही वहन गर्न कर्मचारीलाई प्रेरित गर्ने, कर्मचारीको क्षमता विकास, क्षमता अनुसारको काम भएको छ कि छैन त्यसको विश्लेषण, सही ठाउँमा सही व्यक्ति छनोट अवस्थाबारे अध्ययन गरेर सुझाव दिइने बताए । उनले महानगरका सबै महाशाखा, शाखा र विभागका कर्मचारीसँग कुरा गरेर कमजोरीको खोजी गरिने बताए । उनले कर्मचारीले दिएको जानकारीलाई गोप्य राखेर नै रिपोर्ट तयार गर्ने सुनाए ।
कार्य सम्पादनको अवस्था, कर्मचारीबीचको समन्वय, कर्मचारीको कार्य सम्पादन दक्षता, कार्यसम्पादन विधि, मानव संसाधन विकास, प्रशिक्षण र संस्थागत दीगो विकासलाई प्राथमिकतामा राखेर कन्सल्टेन्टले दिएको सुझाव प्रतिवेदनका आधारमा महानगरपालिकाले ठोस कदम चाल्ने जिसीले बताए । ‘कर्मचारी निर्देशन अनुसार परिचालित नभई स्वचालित हुनुपर्छ,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने, ‘हामी कर्मचारी जनताको शासक होइन सेवक हुँ, जनताको सेवा गर्दा सानो भइन्छ भन्ने सोच त्याग्नुपर्छ ।’ कसैको दोष देखाउन नभई संस्थागत सुधार गर्न कमी कमजोरीलाई केलाउन खोजिएको महानगरको भनाइ छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो