पोखरा। आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनास्थलमा दीप प्रज्वलन गरिएको छ ।
विमान दुर्घटना भएको स्थान पोखरा महानगरपालिका – १५ स्थित नागबेली टोल र मितेरी टोलवासी लगायत वडाका जनप्रतिनिधिको सहभागितामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो।

श्रद्धाञ्जली अर्पण गर्दै टोल विकासका सल्लाहकार नारायण प्रसाद अधिकारीले पर्यटकीय नगरीमा भएको अकल्पनीय दुर्घटनाले समग्र पोखरावासी मर्माहत बनेको बताए। माघे सङ्क्रान्तिको दिन चेलीहरू माइत आउँदै गर्दा, ज्वाइँहरू ससुराली आउँदै गर्दा र आमाबाबुहरू छोराछोरी भेट्न आउँदै गर्दा भएको दुर्घटनाले पारिवारिक मिलन हुन नपाउँदै जीवन समाप्त गर्नु परेको भन्दै मृतकहरूको आत्माको शान्तिको कामना गरे । उनले टोलवासी लगायत वडा र महानगरसँग सहयोग मागेर मृतकहरूको सम्झनामा घटनास्थलमा स्मृति पार्क बनाउन चाहेको बताए।

यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफ्नै घर आँगनमा यती ठुलो दुर्घटना देख्न भोग्न पर्दा आफूहरू सबै शोकाकुल भएको प्रतिक्रिया दिए। घटनामा देशी विदेशी नागरिकले अल्पायुमै मृत्यु वरण गर्न पुगेको बताउँदै यस स्थानमा मृतकहरूको नाम उल्लेखित स्तम्भको निर्माण गरी पार्क निर्माण गर्न सके दिवङ्गत आत्माहरूप्रति सही समवेदना प्रकट हुने विश्वास गरे। साथै बानियाँले यस घटनालाई नजिकबाट देखेका यहाँका कतिपय स्थानीयमा मानसिक तनावका कारण खान मन नलाग्ने, निद्रा नलाग्ने जस्ता समस्या देखिएको भन्दै शुक्रवार मनोचिकित्सकको सहयोगमा मनोपरामर्शको कार्यक्रम राखिएको बताए।

आयोजित श्रद्धाञ्जली सभामा एक मिनेट मौन धारण गरी बत्ती बालेर मृतकहरू प्रति समवेदना प्रकट गरिएको थियो।
गत आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एक जनाको अवस्था अझै अज्ञात छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’