पोखरा। आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनास्थलमा दीप प्रज्वलन गरिएको छ ।
विमान दुर्घटना भएको स्थान पोखरा महानगरपालिका – १५ स्थित नागबेली टोल र मितेरी टोलवासी लगायत वडाका जनप्रतिनिधिको सहभागितामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको हो।

श्रद्धाञ्जली अर्पण गर्दै टोल विकासका सल्लाहकार नारायण प्रसाद अधिकारीले पर्यटकीय नगरीमा भएको अकल्पनीय दुर्घटनाले समग्र पोखरावासी मर्माहत बनेको बताए। माघे सङ्क्रान्तिको दिन चेलीहरू माइत आउँदै गर्दा, ज्वाइँहरू ससुराली आउँदै गर्दा र आमाबाबुहरू छोराछोरी भेट्न आउँदै गर्दा भएको दुर्घटनाले पारिवारिक मिलन हुन नपाउँदै जीवन समाप्त गर्नु परेको भन्दै मृतकहरूको आत्माको शान्तिको कामना गरे । उनले टोलवासी लगायत वडा र महानगरसँग सहयोग मागेर मृतकहरूको सम्झनामा घटनास्थलमा स्मृति पार्क बनाउन चाहेको बताए।

यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफ्नै घर आँगनमा यती ठुलो दुर्घटना देख्न भोग्न पर्दा आफूहरू सबै शोकाकुल भएको प्रतिक्रिया दिए। घटनामा देशी विदेशी नागरिकले अल्पायुमै मृत्यु वरण गर्न पुगेको बताउँदै यस स्थानमा मृतकहरूको नाम उल्लेखित स्तम्भको निर्माण गरी पार्क निर्माण गर्न सके दिवङ्गत आत्माहरूप्रति सही समवेदना प्रकट हुने विश्वास गरे। साथै बानियाँले यस घटनालाई नजिकबाट देखेका यहाँका कतिपय स्थानीयमा मानसिक तनावका कारण खान मन नलाग्ने, निद्रा नलाग्ने जस्ता समस्या देखिएको भन्दै शुक्रवार मनोचिकित्सकको सहयोगमा मनोपरामर्शको कार्यक्रम राखिएको बताए।

आयोजित श्रद्धाञ्जली सभामा एक मिनेट मौन धारण गरी बत्ती बालेर मृतकहरू प्रति समवेदना प्रकट गरिएको थियो।
गत आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एक जनाको अवस्था अझै अज्ञात छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन