सफल चलचित्र प्रसादकाे सिक्वेल ‘प्रसाद २’ काे छायाँकन सकेर फिल्म टीम पाेखराबाट काठमाण्डाै फर्किसकेकाे छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा खिचिएको फिल्मको छायांकन ३१ दिनमा सकिएको हो। सुदर्शन थापाले निर्देशन गरेको फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्। तर, साे फिल्मकाे गीतमा काेरस डान्स गरेकी युवती अस्पतालमा भर्ना हुनुपरेपछि फिल्म टाेलीकाे बिराेध भएकाे छ ।
पोखराकी सामाजिक अभियन्ता गिभिना मगरले टिकटकमा एउटा भिडियो पोस्ट गर्दै चलचित्र ‘प्रसाद २’ को युनिटमाथि गम्भीर आरोप लगाएकी छन् । गीतकाे सुटिङका क्रममा बेहोस भएर लडेकी सपना नाम गरेकी एक कोरस डान्सरको नाजुक स्थिति हुँदा पनि टीमका कसैले सहयोग नगरेको उनको भनाइ छ ।
शिक्षिकासमेत रहेकी गिभिनाले सामूहिक रूपमा भिडियाे बनाएकी छिन् । सपनाकै साथीहरूसँग उनले घटनाबारे बुझेकी छिन् । भिडियाे अनुसार ‘प्रसाद २’ को गीतमा कोरसमा नाच्ने सपना नाम गरेकी एक ब्याक डान्सर अहिले गण्डकी अस्पतालमा भर्ना भएकी छन् । समयमा अस्पताल नलगिएका कारण उनको एक खुट्टा र एक हात नचल्ने भएको उनीहरूकाे दाबी छ । भिडियोमा कोरस डान्सरलाई भिडियो छायाँकनको दौरान खाना समय नदिएको दाबी गरिएको छ ।
सपनाकाे साथीले भनेकी छन्, ‘त्यो दिन हामीलाई खाना समयमा भएन । कति भोक लाग्यो भन्दा पनि उहाँहरुले वास्ता गर्नुभएन । बिहानको खाजापछि एकैचोटि ३ बजे चिया बिस्कुट दिनुभयो । त्यति खाएर हामी दिनभरि नाच्यौं । बिहानको खाना पनि बेलुका ५ बजे दिनुभयो । हामीलाई रेस्ट पनि भएन ।’
https://www.tiktok.com/@givina18/video/7190357746074537242
‘प्रसाद २’ का कलाकारहरु केकी अधिकारी, विपीन कार्की, अर्पण थापा र निर्देशक-निर्माताको रवैयामाथि प्रश्न उठाउँदै मगरले सो भिडियो पोष्ट गरेकी हुन् । टीमको एक सदस्यलाई आपत् पर्दा मद्दत गर्न नसकेको भन्दै गिभिनाले चलचित्रको सम्पूर्ण टीममाथि नै औंला उठाएकी छन् । ‘छोरी मान्छे भएर छोरी मान्छेको मर्म र समस्या नबुझेको देख्दा दुःख लागेको छ’, उनले अभिनेत्री केकी अधिकारीको नामै लिएर भनेकी छन् ।
छायांकन सकिएसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको छ। यो फिल्म आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गते रिलिज हुनेछ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह