पोखरा । पोखराका कृयाशिल पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार भएको छ । विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा रिपोर्टिङका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुग्नुभएका फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी डटकमका पत्रकार घिमिरेलाई स्थानिय टोल विकास समितिका केहि व्यक्तिले समाजका अन्य मानिसहरुलाई उक्साएर उहाँ माथि दुर्व्यवहार गरेका हुन् ।
पत्रकार घिमिरेले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार घिमिरेले बतएका छन् । स्थानिय दह ठुलाखेत टोलका अध्यक्ष ठाकुर प्रसाद पौडेल, रेशम पौडेल, बाबुराम पौडेल, पिताम्बर पौडेल लगायतका व्यक्तिले गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार गरेको घिमिरेको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष सिता थापाको अगाडी गाउँलेहरुले पत्रकार घिमिरेलाई दुव्र्यवहार भएपछि गइदिन अनुरोध गरेका थिए । गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष लगायतले रोक्दा रोक्दै पनि हाम्रो गाउँको भिडियो खिचेर समाचार बनाउनु परेको छैन भन्दै उनीहरुले हमलाको प्रयास गरेको घिमिरेले बताएका छन् । घटना लगत्तै घिमिरेले स्थानिय चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने स्थानिय अगुवाहरुको बारेमा चौकी प्रमूख हिमत बुढालाई जानकारी गराई कारबाहीको माग गरेका छन् । साथै उनले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ कास्कीमा जानकारी गराएका थिए । घिमिरेले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुव्र्यवहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताएका छन् ।
गाउँपालिका र अख्तियारमा समेत उजुरी परेको विषय निश्चय पनि सार्वजनिक सरोकारको विषय हो । यसरी सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दव्र्यवहारले पत्रकारहरु असुरक्षित हुन्छन्, यस किसिमका घटना पटक पटक दोहोरिनु पक्कैपनि कानुनी राज्यमा राम्रो कुरा होइन । यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोसी उपर राज्यले आवश्यक छानविन गरि कारबाहीको दायरामा ल्याओस भन्ने माग पनि गर्न चाहान्छु, – घिमिरेले भनेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन