पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ को आयोजना तथा किंग्स इन्टरनेशनल कलेज प्रालि, तिलोत्तमा नगरपालिका वडा नं. २, रुपन्देहीको समन्वयमा सञ्चालित दुई दिने नेतृत्व विकास तालिमको बुधबार समापन गरिएको छ ।
वडा कार्यालयको महिला विकास कार्यक्रम अन्तर्गत मंगलबारदेखि सुरु भएको तालिम वडाका तीन ठाउँमा सञ्चालन भएका थिए । वडा नं. २७ को अर्घौंचोक, तालचोक र रिठ्ठेपानीमा सञ्चालित तालिममा प्रशिक्षकहरू फेवा टेलिभिजनका कार्यक्रम प्रमुख रूद्रबहादुर श्रीस, नेपाल पत्रकार महासंघ, कास्कीकी उपाध्यक्ष जमुना वर्षा शर्मा र रेडियो जननीकी स्टेशन म्यानेजर रत्ना गुरुङले सहजीकरण गरेका थिए ।
तालिमको समापन गर्दै वडाध्यक्ष पूर्णकुमार गुरुङले वडाका महिलाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताए । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्दै वडाध्यक्ष गुरुङले अरुका सामु आफ्ना कुरा राख्न सक्ने गरी महिलाहरू सक्षम बन्नुपर्ने धारणा राखे ।
वडा सदस्य बुद्धिमाया थापामगरले तालिमबाट सिकेका कुरालाई आत्मसात गर्न सके महिलाहरूले पनि नेतृत्व लिएर अघि बढ्न सक्ने बताए । देशको उच्च ओहोदासम्म महिलाहरू पुगेको र नेतृत्व श्रृंखलाको विकासका लागि महिलाहरूले आफ्नो क्षमता विकास गर्नुपर्नेमा वडा सदस्य थापामगरले जोड दिए । त्यस्तै, वडा सदस्य लक्ष्मी विकले महिलाको क्षमता विकास गर्न आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताए । अर्का वडा सदस्य सूर्यबहादुर वाग्लेले वडाले आयोजना गरेको तालिम फगत तालिमका लागि मात्र नभएको भन्दै तालिमलाई उपयोगी र उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिए ।
तालिम सञ्चालनका लागि स्थानीय आमा समूहहरूले समन्वय गरेका थिए भने तालिममा १२० जना महिला प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिमको आवश्यकता र उद्देश्यका बारेमा किंग्स इन्टरनेशनल कलेज प्रालिका प्रबन्ध निर्देशक ठाकुर शर्माले प्रकाश पारेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’