पोखरा। रातकाे समयमा चेकिङमा रहेका प्रहरीकाे हात भाँचिदिएकाे आराेपमा पक्राउ परेका युवा व्यवसायी ५ दिन हिरासत बसेर रिहा भएका छन् ।
२५ वर्षीय अटो व्यवसायी सौरभ थापा जरिवाना रकम तिरेर रिहा भएका हुन् । अभद्र व्यवहारकाे मुद्धा खेपेका थापा २ हजार ८ सय जरिवाना तिरी सिडिओकाे आदेशमा छुटेकाे कास्की प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार थापाले चलाएको गाडीले माघ १२ गते बिहान ३ बजे पोखरा-१० रामबजार, पेन्सन क्याम्प अगाडि चेकिङमा बसेका प्रहरीलाई ठक्कर दिएको थियो । मादकपदार्थ सेवन गरेका थापाले नियोजित रुपमै गाडीको ढोकाले प्रहरी हवल्दारलाई हानेको प्रहरीले बताएको छ । ढाेकाकाे ठक्करबाट प्रहरी हवल्दार चित्रबहादुर वलीकाे हात ‘क्र्याक’ भएकाे छ । उनलाई बिहीबार नै पक्राउ गरी पाँच दिन म्याद थप गरी अनुसन्धान गरेकाे कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुवास तिमिल्सिनाले बताए ।
प्रहरीका अनुसार उक्त दिन थापाले चलाएकाे गाडीको स्पिड बढी देखेपछि प्रहरीले रोक्न खोज्दा थापा अघि पुगे । त्यसपछि फर्केर प्रहरीकै आडमा रोकेर ढोका खोल्दा हात भाँचिएको थियाे । सौरभ अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) केन्द्रीय अध्यक्ष ध्रुवबहादुर थापाका छोरा हुन् ।
सौरभले आफ्नो जन्मदिन पुस तेस्राे साता पनि लेकसाइडको क्याटवाक नाइट क्लबका संचालकको पार्किङमा भएको गाडीलाई ठक्कर दिएका थिए । त्यसपछि त्यहाँ सम्झाइबुझाइ गरेर पठाउँदा झनै उग्र रूपमा प्रस्तुत हुँदै अपशब्द बाेल्दै दोस्रोपटक पार्किङमा भएको गाडीलाई ठक्कर दिएपछि बाउन्सरले बल प्रयाेग नै गर्नुपरेकाे प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
प्रहरीले बोलाएपछि बिहान उनी आफैँ वडा प्रहरी कार्यालय बैदाम पुगेका थिए । त्यहाँ दुई-तीन घण्टा राखेर उनलाई प्रहरीले छाडेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन