पोखरा । पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि टर्निङका क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

विमानस्थलका सूचना अधिकृत काशिराम पौडेलका अनुसार दिउँसो २:४५ मा जहाज अवतरण गरेको थियो। जहाजमा पाइलट लविस चन्द सहित चालक दलका २ जना सदस्य १ परिचारिका थिए । काठमाडौंबाट ६ जना विदेशी र बाँकी स्वदेशी गरि ३० जना यात्रु बोकेर आएको उडान नम्बर ६८१ को ९ एन–एएचयू कलसाइनको जहाज धावनमार्ग छाडेर घाँसे मैदानमा पुगेको हो। उनका अनुसार जहाजको पिच भाग छाडेर झन्डै २० मिटर बाहिर घाँसे मैदानमा पुगेको छ।

‘प्राविधिकले ‘हाइड्रोलिक फेलर’ भनेका छन्,’ प्राविधिको भनाई उद्घृत गर्दै पौडेलले भने, ‘यस विषयमा थप अनुसन्धान हुनेछ ।’ जहाजका यात्रु गाडीमा हालेर बाहिर ल्याइएको छ । जहाज चिप्लिएपनि विमानस्थल भने सूचारु छ।
विमानले रनवेलाई डिष्ट्रव नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले वताए । यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन । काठमाण्डौवाट ईन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने वताइएको छ ।

उक्त विमान रन वे भन्दा बाहिर पुगेसंगै उद्धारको लागि खटिएको विमान्स्थलको टोली दमकल सहित तत्काल विमानस्थल नजिक पुगेको थियो । पोखरा एयरपोर्ट देखि नागढुंगा क्षेत्रबाट उक्त विमान के भएको भन्ने बिषयमा हेर्नेहरुको केही समय भिड नै लागेको थियो ।

तस्बिर : उमेश पुन/भिम क्षेत्री
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह