गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखराकाे पृथ्वीचोकमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
आज (बिहीबार) बिहान पोखराको पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेकाे ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट गएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक पाेखरा २६ बुढीबजार निवासी २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।
बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनेबित्तिकै बस चालक फरार भएका थिए ।
सडकमा खाल्डाखुल्डीकाे कारण स्कुटर अनियन्त्रित हुन पुगेकाे स्थानियले जनाएका छन् । रेजिनाको आज गाडीकाे ट्रायल रहेको बुझिएको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
पोखराबाट पर्वतको सेतीवेणी हुँदै गुल्मीको रिडीसम्म ५६ किमि सडक ट्रयाक खुल्यो
पोखरा जोड्ने राजमार्गको बिजोग: हिलो र धुलोले सास्ती
पोखरामा पर्यटकलाई राम्रो होटल मिलाइदिने भन्दै बार्गेनिङ गर्नेहरू पक्राउ
ट्राफिक नियम पालना गर्न झन्झट नमानौं: मुख्यमन्त्री अधिकारी
पोखरा १० मा आधारभूत ब्यूटिसियन तालिम सुरु
जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्वारा वृद्धाश्रममा सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग