पोखरा । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू, कास्की जिल्ला कमिटीले आयोजना गरेको फुटबल प्रत्योगिता अखिल कप –२०७९ सुरु भएको छ ।
क्याम्पस जिल्ला स्तरीय फुटबल प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको खेलमैदानमा सञ्चालन भएको हो । प्रतियोगिताको उद्घाटन अनेरास्ववियूका केन्द्रिय अध्यक्ष सुदेश पराजुलीले गरे ।
उनले अखिल रचनात्मक र सिर्जनात्मक आन्दोलनको पर्याय पनि भएको र यसले शैक्षिक विकृति विसंगतिका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएको भन्दै यो जिम्मेवारी अब नयाँ बिद्यार्थी साथीहरुले लिनुपर्ने बताए ।
नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय महाधिवेशनका अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेको भनाईप्रति कटाक्ष गर्दै पराजुलीले भने – ‘उनीहरुले हानेका छक्का यो अनेरास्ववियूले क्याच आउट छ । स्ववियु निर्वाचनमा पृथ्वीनारायण क्याम्पसमा पनि बिजयको झन्डा अनेरास्ववियूले फहराउनेछ ।’
सेभेन ए साइड फर्म्याटमा सञ्चालित फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय स्थान हुनेले २० हजार प्राप्त गर्नेछन् ।
अनेरास्ववियू कास्की जिल्ला कमिटि अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महानगर कमिटि अध्यक्ष संगम आचार्य र सञ्चालन पृथ्वीनारायण क्याम्पस कमिटि अध्यक्ष रसिक न्यौपानेले गरेका थिए ।

सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन