कास्कीको अन्नपूर्ण गाउँपालिकाको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी नेतृत्वको टोलीले आफूहरूलाई कार्यसम्पादनमा भएका समस्या सुनाउन र आगामी वर्षका योजनामा बजेट हालिदिन माग गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेको हो ।
गाउँपालिका अध्यक्ष केसीले सार्वजनिक वन क्षेत्रमा काम अघि बढाउन नपाएकाले मन्त्रिपरिषद्बाट रूख काट्न अनुमति दिएर अप्ठेरो फुकाइदिन अनुरोध गरिएको बताए । ‘गाउँपालिकाको प्रशासनिक भवन, औद्योगिक ग्राम भवन, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय भवन, हाइवे अस्पताल बनाउने ठाउँ सार्वजनिक वनमा पर्छ,’ अध्यक्ष केसीले भने, ‘त्यहाँ रूख काटेर काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गरिदिन प्रधानमन्त्रीज्यूलाई भनेका छौं ।’
टोलीले अन्नपूर्ण सभाहल बनाउन, कृषि मल कारखाना खोल्न, दुई वटा खेल मैदानको बनाउन, बिरेठाँटी अस्पताल निर्माण, १५ शय्याको अस्पताललाई उपकरण र स्वास्थ्य सामग्री खरिद, ६ ठाउँको पहिरो नियन्त्रण गर्न, ३ वटा खानेपानी योजनाको काम गर्न आगामी आर्थिक वर्ष बजेट विनियोजन गरिदिन अनुरोध गरेको छ । १३ वटा सडक योजना, उरी–छोम्रोङ यान्त्रिक पुल निर्माण, १० ठाउँमा झोलुंगे पुल र ७ ठाउँमा मोटरेबल पुल बनाउन, पर्यटन पदमार्ग निर्माण र स्तरोन्नति गर्न बजेट विनियोजन गरिदिन अनुरोध राखेको छ ।
प्रधानमन्त्री प्रचण्डले जवाफमा आफ्नो ध्यानाकर्षण भएको र बजेट विनियोजन गर्ने आश्वासन दिएको गाउँपालिका प्रवक्ता एवं अन्नपूर्ण–७ का वडाध्यक्ष भरतमान गुरूङले बताए । ‘प्रधानमन्त्री ज्यूले मेरो ध्यानाकर्षण भयो । मेरो जन्म गाउँ पनि भएकाले अन्नपूर्णको विकासमा सक्दो सहयोग गर्छु भन्नुभयो,’ प्रवक्ता गुरूङले भने ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, संविधानसभा सदस्य दुर्गा विक, पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, प्रदेश लोकसेवा आयोगका सचिव बिनोद कुवँर, प्रधानमन्त्री कार्यालयका सहसचिव झलकराम अधिकारी, माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य दुर्गादत्त भण्डारी, नेपाली कांग्रेस कास्की ३ (ख) सभापति एवं वडा नम्बर ५ का वडाध्यक्ष जीवनाथ पौडेल (शंकर), माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष धर्म गुरुङ, पर्यटन व्यवसायी तथा अन्नपूर्ण काठमाडौं समाजका कोषाध्यक्ष ऋषि भण्डारी, पर्यटन व्यवसायी इन्द्र भण्डारी, अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङ, युवा संघका नेता नमराज केसीलगायतको टोलीले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेको हो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !