पोखरा । पोखरा महानगर पालिका वडा न ६ स्थित फेवा तालको विचमा अबस्थित श्रीताल बाराही भगवती मन्दिरको पूर्ननिर्माण को लागि प्राण प्रतिष्ठा सहित क्षमा पुजा गरिएको छ ।
सोमबार र मंगलबार गरि दुई दिन लगाएर प्राण प्रतिष्ठा सहित क्षमा पुजा सम्पन्न गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले बताए । भुईंतला सहित तीनतले मन्दिर तिन इन्च दक्षिणतर्फ ढल्किएको पत्ता लागेपछी मन्दिर ब्यवस्थापन समिति मन्दिरको पुन निर्माणमा जुटेको हो ।

तालबाराही देवीको मन्दिर पुननिर्माण गर्दा कही कतै भुलबस कुनै काम भएमा, देवी माताले विघंबाधा अडचन नगरुन र कसैलाई पनि नराम्रो नहोस भन्ने उदेश्यले पुजा गरिएको पंन्डित बिश्वेश्वर पोडेलले बताए । आउँदो १७ गते देखि मन्दिरमा स्थापित प्रतिमुर्ति मा भक्तजनहरुले पुर्जा अर्चना गर्ने र नित्य पुजा मन्दिरका पुजारीहरुले देवीको मुर्तिमा गर्ने उपाअध्यक्ष जुना अधिकारी बताएइन् ।
मन्दिर पुर्ननिर्माणका लागि करिब एककरोड पैतालिस लाख लाग्ने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिदै नेपाल सरकारको “पुरातत्व विभाग” बाट पचिस लाख मात्र सहयोग दिने आश्वान आएकोले बाकी रकम प्रदेश र स्थानिय सरकार सहित भक्तजनहरुको सहयोगमा कलात्मक ढाचामा मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको सुनाए ।
उनले यहि आउँदो फागुनको अन्तिम हप्ता आम वडा भेला गर्ने चैतको पहिलो हप्ता देखि मन्तिरको पुननिर्माण जुटने जानकारी समेत गराए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’