मुग्लिन–पोखरा सडकको तनहुँ खण्ड राति ४ घन्टा बन्द हुने

मुग्लिन–पोखरा सडकको तनहुँ खण्ड राति ४ घन्टा बन्द हुने

muglin-narayanghat

तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगामी २९ गतेसम्म बन्द हुने भएको छ ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लिन पोखरा सडक खण्ड (पूर्वी योजना)ले जनाएको छ ।

‘१० दिनसम्म राती १२ बजे देखी बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरी सडक खन्ने कार्य गर्नु पर्ने भएकाले सो समयमा अगाडी वा पछाडि मात्र उक्त सडक वारपार गरिदिनु हुन सम्बन्धित सबै यात्रु महानुभावहरुमा हार्दिक अनुरोध छ’ जारी सूचनामा भनिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds