सुक्खा पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

सुक्खा पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

road

लमजुङ । सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिरोले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो ।

माथिबाट झरेको ढुङ्गा माटो डुम्रे बेसीसहर चामे योजना सडक कार्यालय लमजुङको डोजरले हटाएपछि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सडक बन्द हुँदा बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र यस ठाउँबाट बेसीसहर आउने गाडी बाटोमै रोकिएका थिए।

बयालीस किलोमिटर लामो डुम्रे बेसीसहर सडक खण्ड अन्तर्गत यस ठाउँमा पटक पटक पहिरो खस्दा गाडी आवतजावत बन्द हुने गरेको छ ।

यस ठाउँमा पहिरोको दीर्घकालीन रोकथामका लागि २० करोड रुपैयाँमा ठेक्कासमेत आह्वान गरिएको डुम्रे बेसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ