पोखरा । भोलि सोमबार देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीले फागु पर्वलाई संयमित र आपसी सद्भावका साथ मनाउन आग्रह गरेको छ ।
होली पर्वमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको कास्की प्रहरी प्रमुख, एसपी अजय केसीले जानकारी दिए । एसपी केसीले होलीका दिन बिहानैदेखि रातिसम्मै शहरका प्रमुख स्थान, राजमार्ग र भित्री सडकखण्डमा चेकजाँच कडा पार्न लागिएको बताए ।
एसपी केसीले भने – ‘हामीले होली पर्वमा कुनैपनि घटना नघटोस् भन्ने मनसायका साथ बिहानदेखि नै चेकजाँचलाई कडा पार्ने निर्णय गरेका छौँ । सर्वसाधारणमा पनि होली शान्तिपूर्ण वातावरणमा सौहार्दपूर्वक मनाउनका लागि सूचना जारी गरेका छौँ । होली खेल्ने क्रममा आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेका छौँ ।’
एसपी केसीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने र मोटरसाइकलमा २ जना भन्दा बढी सवार हुने, सवारी साधन अनियन्त्रित ढंगले चलाउने, हर्न बजाउने, ईच्छा विपरित लोला हान्ने तथा रंग दल्ने, हो–हल्ला गर्ने, जबर्जस्ती अमर्यादित गैरकानुनी र उच्छृङ्खल व्यवहार गर्ने सबैलाई कारवाही गरिने जानकारी दिए।
अराजक क्रियाकलाप गरे कारबाहीः प्रशासन
यसैबीच, जिल्ला प्रशासन कार्यालय कास्कीले मर्यादित ढंगले फागु पर्व मनाउन अनुरोध गरेको छ । कास्की प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै पर्व मनाउने नाममा अराजक र अवाञ्छित कार्यहरु नगर्न नगराउन सूचित गरेको छ ।
‘रंगको माध्यमबाट एक अर्कामा खुशी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम असुल्ने जस्ता सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृंखल एवं अवाञ्छित कार्यहरु नगर्न नगराउनुहुन सुचित गरिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ – ‘साथै, यो सूचनाको अवज्ञा हुने गरी कुनै क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।’
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’