पोखरा। पोखरामा नेपाली सहित विदेशी पर्यटकले पनि उत्साहका साथ होली मनाएका छन्। रंगहरुको पर्व होलीमा विगतमा जस्तै रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले होली विशेष कार्यक्रमको आयोजना गरेको थियो। जसमा नेपाली मौलिक बाजामा विदेशी सहित नेपालीले नाचगान तथा एकापसमा रंग दल्दै शुभकामना साटासाट गरे।

यता, डिहिकोपाटन स्थित पार्कमा पनि नेपाली युवायुवती र पर्यटकको उल्लेख्य भीड लागेको थियो। नेपालीसँगै विदेशी पर्यटक संगीतमा झुमिरहेका देखिन्थे। होलीको दिन लेकसाइडमा पोखरा आसपासका जिल्लाबाट समेत होली खेल्न युवायुवती आउने गर्दछन्।

होली लक्षित गर्दै ब्यापक ट्राफिक चेकजाँच
जिल्ला प्रहरी कार्यालय कास्कीले होली लक्षित गर्दै पोखराका चोक तथा गल्लीमा ब्यापक सुरक्षा चेक जाँच गरिरहेको जनाएको छ। होलीको दिनमा क्षमता भन्दा बढी मोटरसाइकलमा चढ्ने, हेलमेट नलगाउने, तीब्र गतिमा सवारी चलाउने, चर्को आवाजमा हर्न बजाउँदै लापरवाही तवरले सवारी चलाउने तथा मापसे गरी सवारी चलाउनेलाई लक्षित गर्दै प्रहरीले ठाउँ -ठाउँमा चेक प्वाइन्ट राखी निगरानी बढाएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म सवारी नियम विपरित सवारी चलाउने दुई दर्जन बढी सवारीलाई नियन्त्रणमा लिइएको छ।




तस्बिर : अर्जुन थापा
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन