पोखरा । सङ्घर्षमा कलम साहित्य समाजले हरेक वर्ष अर्पण गर्दै आएको ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ म्याग्दीका घायलश्री र २०७९ कास्कीकी सावित्री गिरीलाई अर्पण गर्ने भएको छ ।
२०६७ सालदेखि नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील स्रष्टालाई अर्पण गरिँदै आएको यस सम्मानबाट स्याङ्जाका दुर्गाबहादुर शाह बाबा, मिलन समिर, पर्वतकी सरस्वती शर्मा जिज्ञासु, लमजुङका एन. जे. सागर शाह, कास्कीकी अम्बिका भण्डारी, गुल्मीका कृष्ण अञ्जान ज्ञवाली र मुस्ताङका सुशील थकाली अनुरागी यस अगाडि सम्मानित भइसकेका छन् । सम्मानको राशि नगद ५ हजार पाँच, सम्मानपत्र र दोसल्ला रहेको छ ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष सम्मान अर्पण गर्ने वातावरण नभएपछि समाजद्वारा सञ्चालित बाबा साहित्य साधक सम्मान र ऋषिराम रानाभाट स्मृति सम्मान कोषको ब्याज रकमबाट समाजले राष्ट्रिय अनलाइन कविता प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्दले प्रथम स्थान हासिल गर्दै११ हजार एक सय ११ पुरस्कार हात पारेका थिए । यस्तै तेह्रथुमका बद्री श्रेष्ठ याक्चा द्वितीय भई ५ हजार ५ सय ५५ प्राप्त गर्न सफल भएका थिए भने पर्वतका श्रीकृष्ण शर्मा र कास्कीकी दिक्षा अधिकारी तृतीय हुँदै ३ हजार, ३ सय ३३ नगदसहितको पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय हुन सफल कविको पुरस्कार रकम बैंक खातामा दाखिला भएको र तृतीय हुनु हुने शर्मा र अधिकारीलाई उक्त पुरस्कार सोही सम्मान समारोहबीच पुरस्कार अर्पण गरिने जनाइएको छ ।
यस पटक सम्मानित हुन लागेका घायलश्री कविता, कथा लेखनमा क्रियाशील साहित्यिक अभियन्ता र सञ्चारकर्मी हुन् । उनको पूर्वी निकै चर्चित कथासंग्रह रहेको छ । यस्तै गिरी गजलकार तथा चर्चित लोकदोहोरी गायिका हुन् । उनको चञ्चले मन कौरा गीत, मनको छाललगायतका गीत तथा गजल कृति बजारमा आएका छन् ।
समाजले पुतलीबजार–७ स्याङ्जामा जन्मेका ऋषिराम रानाभाटको स्मृतिमा परिवारद्वारा स्थापित ऋषिराम रानाभाट स्मृति सम्मान र कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान अर्पण, सङ्घर्षमा कलम मुखपत्र प्रकाशनका साथै विविध वाङ्मयिक अनुष्ठान सञ्चालन गर्दै आएको संस्थाका सदस्य सचिव असफल गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन