पोखरा । समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
११३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्वारा पोखरा महानगरपालिका वडा नं.२३ घाँटी छिनामा आयोजित अन्तरक्रिया कार्यक्रममा समानताका लागि समृद्धि पहिलो आधार भएकोमा वक्ताहरुको सामुहिक धारणा रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले कार्यक्रमको उद्घाटन गर्दै संवैधानिक हक अधिकार सुनिश्चितताका लागि महिलाहरु संगठित भएर अघि वढ्नुको विकल्प नभएको बताइन् ।
संविधानले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेपनि निर्वाचनमा राजनैतिक पार्टी बीचको गठबन्धनका कारण महिला सहभागितामा कमि आएको बताउँदै उनले अवसर पाएमा महिलाले जस्तो सुकै जिम्मेवारी पुरा गर्न सक्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा पोखरा २३ का वडाअध्यक्ष रामकाजी गुरुङले वनको संरक्षण, सम्वद्र्धन गर्दै आएका उपभोक्ताले सहजरुप्मा उपयोगसंगै वन पैदावारको बिक्री वितरण गरेर आयआर्जन गर्ने खालाको निती आवश्यक रहेको बताए ।
महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोला, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, जिल्ला सचिव पार्वती अधिकारी, महानगर अध्यक्ष कमलमणी त्रिपाठी लगायतले महिला अधिकार र वनको भूमिका माथि चर्चा गरेका थिए ।
“लैगिक समानताको बलियो आधार, श्रृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ आयोजित कार्यक्रममा उक्त वडाका बिभिन्न २२ वटा सामुदायिक वन समूहको सहभागिता रहेको थियो । सो अवसरमा उपभोक्ताले काठको उपयोगमा परेको कठिनाई एवम् वन्यजन्तुले दिएको दुःखका बारेमा चिन्ता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’