पोखरा । समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
११३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्वारा पोखरा महानगरपालिका वडा नं.२३ घाँटी छिनामा आयोजित अन्तरक्रिया कार्यक्रममा समानताका लागि समृद्धि पहिलो आधार भएकोमा वक्ताहरुको सामुहिक धारणा रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले कार्यक्रमको उद्घाटन गर्दै संवैधानिक हक अधिकार सुनिश्चितताका लागि महिलाहरु संगठित भएर अघि वढ्नुको विकल्प नभएको बताइन् ।
संविधानले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरेपनि निर्वाचनमा राजनैतिक पार्टी बीचको गठबन्धनका कारण महिला सहभागितामा कमि आएको बताउँदै उनले अवसर पाएमा महिलाले जस्तो सुकै जिम्मेवारी पुरा गर्न सक्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा पोखरा २३ का वडाअध्यक्ष रामकाजी गुरुङले वनको संरक्षण, सम्वद्र्धन गर्दै आएका उपभोक्ताले सहजरुप्मा उपयोगसंगै वन पैदावारको बिक्री वितरण गरेर आयआर्जन गर्ने खालाको निती आवश्यक रहेको बताए ।
महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोला, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी, जिल्ला सचिव पार्वती अधिकारी, महानगर अध्यक्ष कमलमणी त्रिपाठी लगायतले महिला अधिकार र वनको भूमिका माथि चर्चा गरेका थिए ।
“लैगिक समानताको बलियो आधार, श्रृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” नाराका साथ आयोजित कार्यक्रममा उक्त वडाका बिभिन्न २२ वटा सामुदायिक वन समूहको सहभागिता रहेको थियो । सो अवसरमा उपभोक्ताले काठको उपयोगमा परेको कठिनाई एवम् वन्यजन्तुले दिएको दुःखका बारेमा चिन्ता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन