पोखराको नदिपुर स्थित प्रतिभा माविले विद्यालयमा अध्ययरत विद्यार्थीका अभिभावकका लागि उत्प्रेरणामूलक परामर्श कार्यक्रम गरेको छ । त्यस्तै, विभिन्न शैक्षिक गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान पनि गरेको छ । दश वर्ष भन्दा बढी समयदेखि विद्यालयमा अध्यापन गराइरहेका शिक्षक र सेवारत कर्मचारीलाई पनि सम्मान गरेको छ ।
कक्षा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीका अभिभावकका लागि आयोजित उक्त कार्यक्रममा उत्प्रेरक वक्ता रवीन कटुवालले परामर्श दिएका थिए । त्यस्तै, गायिका रचना रिमालले गीत गाएर कार्यक्रममा मनोरञ्जन थपेकी थिईन् ।
विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीका अभिभावकमा उत्प्रेरणा जगाउनका लागि कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीको सफलताका पछाडि अभिभावकको पनि भूमिका रहेको भन्दै सापकोटाले छोराछोरीलाई सही बाटो हिँडाउन अभिभावकको भूमिका हुने भएकोले पनि अभिभावकका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

प्राचार्य सापकोटाले प्रतिभा माविलाई आगामि दिनमा अझै अब्बल बनाउन लागि पर्ने बताए । पोखरालाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रयास स्वरुप भविष्यमा अझ बिकाउ हुने खालको शिक्षा दिलाउने बचन पनि सापकोटाले दिलाए । ‘हामीले अहिले गर्व गर्न लायक उपलब्धिका पाना थपिरहेका छौं, आगामि दिनमा अझै थपिनेछन्, त्यसको निरन्तरतामा हामी जुट्नेछौँ,’ सापकोटाले भने, ‘हामी विद्यार्थीलाई शिक्षासँगै संस्कार र आत्मविश्वास पनि दिलाउँछौ ।’
संस्कार सहितको शिक्षा र हरेक काम गर्न सक्ने आत्मविश्वास बढाउने गरी अध्यापन गराइरहेको सापकोटाले बताए । ‘कहिलेकाँही छोराछोरीको क्षमता चिन्न नसक्दा अभिभावक नै छोराछोरीको प्रगतिको यात्रामा बाधक बन्न सक्छन,’ उनले भने– ‘विद्यार्थीको क्षमता उजागर गर्न अभिभावक सचेत हुनुपर्छ ।’ सापकोटाले आगामि शैक्षिक सत्रदेखि विद्यालयका बालबालिकाको क्षमता उजागर गर्ने कार्यक्रम ल्याउने पनि बताए । त्यसबाहेक विद्यालयलाई अझ शसक्त बनाउँदै लैजाने लक्ष्य अनुरुप आगामि वर्ष भौतिक संरचना सहितका पूर्वाधारमा जोड दिने बताए ।
उक्त कार्यक्रममा उत्प्रेरक परामर्शदाता रवीन कटुवालले अभिभावकमा हुने गुण र दोषकै आधारमा छोराछोरीमा सिकाई हुने बताए । ‘जस्तो अभिभावक हुन्छौ, छोराछोरी पनि उस्तै हुन्छन,’ उनले भने– ‘अभिभावकको क्षमतामा छोराछोरीको सिकाई भर पर्छ ।’ कतिपय मुलुकमा छोराछोरीले मात्र नपढि उनीहरुका अभिभावकका लागि पनि शिक्षा दिइने प्रचलन सुरुवात भएको उनले बताए । ‘छोराछोरीले मात्र पढेर हुँदैन, छोराछोरीको पढाई अनुरुप अभिभावकको क्षमता कस्तो छ भनेर अभिभावकलाई पनि पढाउने चलन सुरु भईसकेको छ,’ उनले भने,‘छोराछोरीको क्षमता, चाहना नबुुझेर अभिभावकले कमजोरी गरिरहेका हुन्छन । त्यसमा सचेत हुनुपर्छ ।’

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले छोराछोरीको चाहना र क्षमता नबुुझ्दा कहिलेकाँही गलत सिकाई हुने जोखिम रहेको बताए । उनले छोराछोरीले के चाहेका छन् वा के गर्न खोजेका हुन् भन्नेबारे हेक्का राख्नुपर्ने बताए । ‘छोराछोरीको क्षमता अभिभावकले बुुझनुपर्छ । कहिलेकाँही क्षमता बुुझ्न नसक्दा कतै अभिभावकले गलत पो गरेका छौ की भनेर सचेत हुनुपर्छ,’ उनले भने ।
विद्यालयका संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थी र अभिभावकको क्षमता बढाउनका लागि विद्यालय सधैं सचेत रहेको बताए । उनले विद्यार्थीलाई मात्र नभई उनीहरुका अभिभावकप्रति पनि विद्यालय जिम्मेवार रहेको बताए । ‘विद्यार्थीको सफलतामा अभिभावकको ठूलो हात हुन्छ,’ उनले भने ।

कार्यक्रममा प्रतिभा माविबाट व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा गत वर्ष १२ कक्षा उत्तिर्ण गरेर स्नातक तहमा विभिन्न विषय अध्ययनको क्रममा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिश्पर्धामा उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पनि त्यही कार्यक्रममा सम्मान गरिएको थियो ।

विद्यालयमा एकदशक भन्दा बढी समयदेखि अध्यापन गराईरहेका शिक्षक र कार्यरत कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षक, कर्मचारीहरूमा प्रदीप खनाल, अनिता गुरूङ, पद्मा पराजुली, निर्मला श्रेष्ठ, अमृता गुरूङ, अमृता जिसी, सरस्वति शर्मा, मणिराम भुर्तेल र नन्दलाल चापागाईं रहेका छन् ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’