पोखराका पत्रकार श्रीकान्त सापकोटालाई मातृशोक परेको छ । सापकोटाकी ममतामयी माता राधिका सापकोटाको ७३ वर्षको उमेरमा निधन भएको हो ।
पछिल्लो समय पक्षघातबाट समेत पीडित उनको गत मंसिर ८ गते हृदयघात भएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरी उपचार गरिएको हो । स्व. राधिकाको बुधबार नै सेती किनार गाईघाटमा अन्त्येष्टि गरिएको छ ।
२००६ सालमा भलाममा जन्मिएकी राधिकाको मादी गाउँपालिका ४ तारकाङ निवासी डिल्लीराम सापकोटासँग कान्छी श्रीमतीको रुपमा विवाह भएको थियो ।
उनले जन्माएका दुई छोरा श्रीकान्तसहित भुवन तथा छोरी सीतादेवी तिमिल्सिना छन् । पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्ने श्रीकान्त नेत्रहिन संघ कास्कीका अध्यक्षसमेत हुन् ।
श्रीकान्तका बाबु डिल्लीरामको २०६५ सालमै निधन भएको थियो । उनकी जेठीआमा बाटुलीतर्फ पाँच भाइ छोरा र तीन छोरी छन् । पाँच भाइ छोरामध्ये नेपाल पत्रकार महासंघ कास्कीका सदस्य विष्णुप्रसाद सापकोटा एक हुन् ।
प्रेस चौतारी कास्कीका साधारण सदस्य दीपक गोदारलाई भातृशोक परेकाे छ । गाेदारका भाइ सिनियर क्योकुसिन खेलाडीसमेत रहेका राजु गोदारको अष्ट्रेलियाकाे पर्थ नजिकै दुर्घटनामा परी निधन भएको हाे । पोखरा १७ घारीपाटनका राजु ९ वर्ष पहिले अष्ट्रेलिया गएका थिए ।
उनको तीन महिना पहिले निधन भएपनि परिवारलाई दुतावासले केही दिन पहिले मात्रै खबर गरेको हो । राजु गोदारका श्रीमती, एक छोरा र एक छोरी छन् । उनीहरू नेपालमै छन् ।
प्रेस चौतारीद्वारा शोक व्यक्त
यसैबीच, प्रेस चौतारी कास्कीका पूर्व कार्यसमिति सदस्य श्रीकान्त सापकोटालाई मातृशोक परेकोमा प्रेस चौतारी कास्कीले शोक व्यक्त गरेको छ । यसैगरी, प्रेस चौतारी कास्कीका साधारण सदस्य दीपक गोदारलाई भातृशोक परेकोमा पनि प्रेस चौतारीले समवेदना प्रकट गरेको छ ।
सचिव रञ्जन अधिकारीले शोक विज्ञप्ति जारी गर्दै शोकको घडीमा रहेका सदस्यद्वय सापकोटा र गोदारका शोकसन्तप्तः परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन