पाेखरा । गण्डकी प्रदेशका ‘वेटिङ चिफ मिनिस्टर’ एवं नेपाली कांग्रेस संसदीय दल गण्डकीका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
माओवादीले समर्थन फिर्ता लिएर बाहिरिएसँगै सरकार अल्पमतमा परेकाले मुख्यमन्त्री अधिकारीले मार्गप्रशस्त गर्न काँग्रेसले शनिबार पत्रकार सम्मेलन गरेर सुझाव दिएको हो । ‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ,’ पाण्डेले सम्मेलनमा बाँडेको विज्ञप्तिमा उल्लेख छ ।
कामचलाउ सरकार भएकाले आर्थिक दायित्व थुपार्ने एवं सरुवा–बढुवाका काम नगर्न मुख्यमन्त्री अधिकारीलाई पाण्डेले आग्रह गरे । पाण्डेले एमाले नेतृत्वको कामचलाउ सरकारले गरेका निर्णयका बारेमा अब बन्ने सरकारले आर्थिक दायित्व बहन नगर्ने पनि बताएका छन् । कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
छिटोछिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकार नभएको उनले बताए । ‘तर, सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरणले भने हामीले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकूल छ,’ पाण्डेले भने, ‘निर्वाचनपछि केही समय ‘लिक’ बाहिर पुगेको राजनीति ‘लिक’मा प्रवेश गरेको महसुस गरेका छौं ।’
पाण्डेले चुनावमा होमिँदा जनतासामु व्यक्त गरेको प्रतिबद्धता साझा भएकाले काँग्रेस माओवादीको यो गठबन्धन नै प्राकृतिक भएको बताए । उनले ७ मन्त्रालयबाट बढाउने पक्षमा आफू नभएको पनि बताए । गण्डकी सरकारको नेतृत्व ठूला दलको नाताले स्वभाविक रुपमा काँग्रेसको हुने पनि उनले उल्लेख गरे । माओवादीसँग आधा आधा कार्यकालको सहमतिबारे आफूलाई थाहा नभएको भन्दै पार्टीको निर्णय अनुसार नै आफू चल्ने बताए ।
गण्डकीमा माओवादीले शुक्रबार समर्थन फिर्तासँगै २ मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । ६० सदस्यीय प्रदेश सभामा उनले बहुमत पु¥याउन सक्ने अवस्था छैन । एमालेको २२ सिट मात्र छ । अर्को प्रतिपक्षी राप्रपाका २ सिट छ ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नेताको हैसियतले कांग्रेस दल नेता पाण्डे स्वतः मुख्यमन्त्री बन्ने छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?