पोखरा । तपाईंले एउटा पुस्तक कति पटक सम्म पढ्नुहुन्छ ? वाह ! लागेका किताबहरु पटक पटक पढ्नुहुन्छ । प्रिय लागेका पुस्तकहरु साथमै राखिरहन मन लाग्छन् । अझ अरुले पनि उक्त किताबहरु पढुन् भन्ने हुन्छ ।
यदि तपाईंसँग पनि पुस्तकहरु छन् र अरुले पनि त्यो पढुन् भन्ने लाग्छ भने अब पोखराको लेकसाइडमा रहेको बुक बक्समा लगेर राखिदिनुहोस् । त्यहाँ राखिएका अन्य पुस्तकहरु तपाईंले घरमै ल्याएर पढ्न पनि सक्नुहुन्छ । यसका लागि तपाईंले कुनै शुल्क तिर्नुपर्दैेन ।
बुक बक्सको मुख्य उद्धेश्य नै निःशुल्क पुस्तक आदानप्रदान हो । विशेषतः नेदरल्याण्डको राजधानी एम्सटर्डम बुक बक्सका लागि चर्चित छ । एम्सटर्डमका विभिन्न मार्ट, गल्ली वा अन्य सार्वजनिक स्थलहरुमा बुक बक्स राखिएका छन् ।
यो कन्सेप्ट गज्जब लाग्यो, जुना श्रेष्ठलाई । श्रेष्ठले ‘प्ले टु हेल्प’ नामक संस्थाकी एक साथीसँग योे कन्सेप्ट नेपालमा पनि सुरु गर्नेबारे कुरा गरिन् । अन्ततः पर्यटकिय नगरी पोखराबाट बुक बक्सको सुरुवात गर्ने निर्णय भयो ।
श्रेष्ठले शनिबार लेकसाइडस्थित दोेर्जेज बार एण्ड ग्रिलको आडैमा बुक बक्सको स्थापना गरेकी छिन् । छिट्टै नै पोखराका अन्य २ स्थानहरुमा पनि बुक बक्स राखिने उनले बताइन् । ‘सुरुमा लाइब्रेरी बनाउने कि भन्ने पनि थियो । एम्सटर्डममा बुक बक्स देखिसकेपछि यस तर्फ आकर्षित भएँ’, उनले भनिन्,‘यसले रिडिङ कल्चरमा हेल्प त गर्ने नैै भयोे सँगै पुस्तक रुचाउनेहरुका लागि पनि आदानप्रदानका लागि सहज हुने छ ।’
बुक बक्सकोे प्रयोगबारे श्रेष्ठ प्रष्ट्याउँदै भन्छिन्,‘हामीले यहाँ बक्स राखेका छौेँ । यो बक्समा पुस्तकहरु छन् । हरेर मन परेकोे पुस्तक तपाइले घरमै लगेर पढ्न सक्नुहुन्छ । पढिसकेपछि यहि ल्याएर राखिदिए हुन्छ । अब तपाईसँग पुस्तकहरु छन् र अरुले पनि पढुन् भन्ने लाग्छ भन्ने भएको पुस्तकहरु यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ । योे सबै निशुल्क हो ।’
बुक बक्सबारे थप जानकारीका लागि इन्स्टाग्राम अकाउन्ट ‘बुक बक्स नेपाल’ मार्फत सम्पर्क गर्न सकिने उनले बताइन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’