पोखरा, १० असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ मेगाहर्जले न्यूनतम पारिश्रमिक लागू गर्ने भएको छ । नवनियुक्त स्टेशन म्यानेजर रञ्जन अधिकारीले आइतबार पदभार ग्रहण गर्दै आउँदो साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिकलाई लागू गर्ने निर्णय गरेका हुन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले कार्यरत पत्रकार, कर्मचारी र कामदारकोे लागि सिफारिस गरेको न्यूनतम पारिश्रमिकलाई लागू गर्ने आफ्नो पहिलो निर्णय भएको स्टेशन म्यानेजर अधिकारीले जानकारी दिए ।
सञ्चार प्रतिष्ठानका पत्रकारका लागि १४ हजार एक सय र त्यस्ता प्रतिष्ठानका कर्मचारी तथा कामदारको हकमा १२ हजार पाँच सय न्यूनतम पारिश्रमिक सिफारिस गरिएको छ । स्ट्रिञ्जरको हकमा भने साविकको दरमा ५० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ । अब रेडियोमा कार्यरत पत्रकार, कर्मचारीले तोकिए बमोजिमका सेवा सुविधा पाउनेछन् ।
‘एफएममा यसअघि आवश्यकताका आधारमा कर्मचारी राखी आपसी समझदारीमा पारिश्रमिक प्रदान गरिँदै आएको थियो ।’ – स्टेशन म्यानेजर अधिकारीले भने– ‘अब बिग टीमले समयमा बैंकबाटै तलव प्राप्त गर्नेछन् ।’ रेडियोले समाचार शाखामा काम गर्न इच्छुक व्यक्तिको खोजी गरिरहेको अधिकारीले जनाए ।
यस्तै, युवा लक्षित कार्यक्रम उत्पादन गर्दै आएको एफएमले नयाँ नयाँ ‘कन्सेप्ट’ लिएर आउने प्रस्तोतालाई समेत रेडियोमा भित्राउन आतुर रहेको बताएको छ । नवनियुक्त ‘प्रोग्राम चिफ्’ शंकर तिवारीले समयानुकूल कार्यक्रम प्रसार गर्दै रेडियो पारखीको मन जित्ने अभियानमा लागेको बताए ।
बिग एफएमले डिजिटल प्रविधिलाई अंगाल्दै समयसापेक्ष परिस्कृत गरी अघि बढ्ने सोच बनाएको छ ।


सम्बन्धित समाचारः
बिग एफएमको स्टेशन म्यानेजरमा युवा पत्रकार रञ्जन अधिकारी
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो