राष्ट्रिय युवा संघ, गण्डकी प्रदेश कमिटिको विस्तारित भेला आइतबार पोखरामा सम्पन्न भएको छ । संयोजक महेन्द्र गुरुङको अध्यक्षतामा भएको भेलाले ७७ सदस्यीय कमिटिलाई पूर्णता दिँदै सदस्यहरुलाई सपथ गरायो ।
भेलामा असामयिक निधन भएका सह-ईञ्चार्ज खिलबहादुर रानाकी धर्मपत्नी दुर्गा रानालाई सहयोग स्वरुप संकलित १ लाख ९३ हजार ६ सय ६० रुपैंया पनि हस्तान्तरण गरियो ।
यसअघि भेलाको उद्घाटन गर्दै एमालेकी सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज पद्मा अर्यालले एमालेले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न राष्ट्रिय युवा संघ नेपाल अभियन्ताका रुपमा अघि बढ्नुपर्ने बताइन् ।
समाजवाद पार्टीको मूख्य लक्ष्य रहेकाले त्यो ठाउँमा पुग्न राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने र त्यस कामको अगुवाई युवा संघ नेपालले गर्नुपर्ने धारणा व्यक्त गरिन् । समग्र युवाहरुलाई व्यवसायिक र उद्यमी बनाउनुपर्ने भन्दै उनले अब युवासंघको ध्यान यसतर्फ हुनुपर्ने बताइन् । विगतमा युवा संघले राष्ट्रिय राजनीति र युवा अधिकारको सवालमा खेलेको भूमिकाको उनले प्रशंसा गरिन् ।

विशेष अतिथि नेकपा एमालेका स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले युवा भविष्यका कर्णधार मात्र नभई वर्तमानकै निर्माण संवाहक भएको बताए । जहाँ आपत, त्यहाँ युवा संघ भाष्य निर्माण भइसकेको भन्दै उनले नागरिकको सुखदुःखमा युवा संघ जोडिएको उल्लेख गरे ।
वाइसिएल, तरुण दल जस्ताको ज्यादति विरुद्ध युवा संघको भूमिका उल्लेखनीय रहेको उनले बताए । अब कब्जाबादतर्फ अग्रसर काँग्रेसलाई लोकतन्त्रवादको पाठ पढाउनुपर्ने पनि उनले उल्लेख गरे ।
विशेष अतिथि एमाले पोलिटब्यूरो सदस्य एवं युवा संघका ईञ्चार्ज, पूर्व अध्यक्ष महेश बस्नेतले युवाहरु अब उत्पादनमा जोडिनुपर्ने बताए । सामूहिक उद्योग, व्यवसायतर्फ अग्रसर हुनुपर्ने भन्दै उनले महिला, किसान, युवा, विद्यार्थीसम्म पुग्नुपर्ने बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्षसमेत रहेका एमाले केन्द्रीय सदस्य राजीव पहारी, संघका पूर्व उपाध्यक्ष मोहन रेग्मी लगायतले बोलेका थिए ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो