उपल्लो मुस्ताङलाई लक्षित गर्दे कोरला नाकामा व्यापार मेला सुरु

उपल्लो मुस्ताङलाई लक्षित गर्दे कोरला नाकामा व्यापार मेला सुरु

gandak

सुन्दर कुमार थकाली, मुस्ताङ । उपल्लो मुस्ताङका दुई स्थानीयतहलाई लक्षित गर्दे उत्तर सिमावर्ती क्षेत्र चीनको कोरलानाकामा सोमवार देखि चिनिया व्यापारीहरुले व्यापार मेला सुरु गरेका छन् । । सदियौ कालदेखि संञ्चालन हुँदै मेला वर्तमान अवस्थामा समेत नियमित भैईरहेको छ । वर्षको २ सिजन कोरलामा व्यापार मेला हुने गरेको जनाईएको छ ।

भौगोलिक दृष्टिकोणले बिकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पर्ने १३ वटा गाउ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पर्ने ११ वटा गाउँका स्थानीयवासी व्यापार मेलाबाट प्रत्यक्ष लाभान्वित हुँदै आएको पाईएको छ ।उपल्लो भेकका जनताका लागि आवश्यक पर्ने दैनिक उपभोग्य घरायसी सामान किनमेलको शहजताका लागि चिनिया पक्षबाट सिमावर्ती क्षेत्रका व्यापारीले नाका नजिकै व्यापारिक हाडबजार संञ्चालन गर्दे आईरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी सिडियो शिशिर पौडेलले जानकारी दिए ।उनका अनसार उपल्लो मुस्ताङका वासिन्दा र चिनीया पक्षबीच आपसी सहमतीमा वर्षेनी २ पटक व्यापार संञ्चालन गर्ने चलन रहेको र अन्य समयमा नाका आसपास कुनै गतिविधि संञ्चालन नहुने जानकारी दिए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल बिष्टले चिनियाँ टोली र उपल्लो मुस्ताङवासीबीच लामो समय देखि यसप्रकारको व्यापार मेला संञ्चालन हुँदै आएको जनाए ।उनले मेलाबाट दैनिक प्रयोजनका घरायसी सामानहरु सजिलै किनमेल गर्ने अवसर प्राप्त भएकाले उपल्लो मुस्ताङका स्थानीयलाई राहत मिलेको उल्लेख गरे ।वर्षेनी २ पटक लाग्ने व्यापार मेला असार र भाद्र महिना गरेर २ पटक संञ्चालन हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्टले जानकारी दिए ।उनले यसप्रकारको मेला संञ्चालन गर्दा दुवै पक्षको सहमतीमा व्यापार मेलाको मिति तय गरिने जानकारी दिए ।

उत्तरी चीनको कोरलानाकाबाट करिव ५ किलोमिटर पर चिनिया समथर भुमीमा व्यापार मेला सुरु भएको छोसेरमा रहेको नेचुङ भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख राजुकुमार बिसीले जानकारी दिए ।उनका अनुसार गतवर्षहरुर्मा व्यापार मेला चिनिया भुमीबाट करिव १० किलोमिटर पर संञ्चालन गरिएकोमा यसवर्ष नेपाली पक्षको सहजताका लागि नाका नजिकै व्यापार मेला आयोजना भएको उल्लेख गरे ।चिनिया पक्षले व्यापार मेलामा निर्माण सामाग्री,दैनिक उपभोग्य वस्तु ,कृषि प्रयोजनका औजार र ईलेक्ट्रोनिक सामानहरु बिक्री गर्ने गर्छन् ।त्यस्तै नेपाली व्यापारीहरुले स्थानीय उत्पादन तथा यार्सा गुम्बाको व्यापार गर्ने गरेको पाईन्छ ।जिल्ला प्रशासन कार्यालयले बन ऐन र जिवजन्तु ऐन संम्वन्धी निकासी गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

अन्य समय गतिबिधि पुरै सुन्य हुने नेचुङ भन्साङ भन्सार कार्यालयमा वर्षेनी असार र भाद्र महिनामा राजश्व संङ्कलन गर्नेकार्य गर्दे आएको निमिक्त प्रमुख बिसीले जानकारी दिए ।उनले यसवर्षको २ सिजनको व्यापार मेलाबाट करिव १० लाख राजश्व संङ्कलन गर्ने अनुमान गरिएको जनाए ।उनका अनुसार केही वर्षअघि व्यापार मेलामा ३ लाख राजश्व संङ्कलन भएकोमा गतवर्ष बृद्धि हुँदै ६ लाख ६० हजार राजश्व उठेको जानकारी दिए । चिनिया पक्षबाट खरिदगरि ल्याएका सामानमा एक व्यापारीलाई एक सय रुपैया भन्सार महशुल र १३ रुपैया भ्याट उठाउने निर्णय भएको भन्सार प्रमुख बिसीले जनाए ।’वर्षेनी राजश्वमा सुधार हुदै आएको छ,सिमावर्ती क्षेत्रबाट कुनै अवैध कारोवार हुने गरेको पाईएको छैन’उनले भने‘स्थानीयवासी र चिनियापक्षबीच लुकिछिपी निकासी र पैठारीका काम हुने गरेको सुनिएको छ ,यसलाई प्रभावकारी बनाउन सबै प्रकारका पुर्वाधार निमार्ण हुन जरुरी छ ।’

कोरलानाकामा हुने व्यापार मेलामा नेपालीहरुलाई नागरिकताको प्रमाणपत्रका आधारमा चिनिया भुमीमा प्रबेश दिईने गरिएको छ ।चिनिया पक्षले कोरलाको चिनिया समथर भुमीमा त्रिपाल टाँगेर व्यापार व्यवसाय संञ्चालन गर्छन् ।व्यापार मेलामा चिनियाँहरुले व्यापारमा नेपाली रुपैया मुद्रा लिने गरेको पाईएको छ ।नेपाली व्यापारीहरुले पोखराको मुल्य तुलना गरेर चिनिया सामान खरित्ने गरेको पाईन्छ ।मेलामा जिल्ला भित्रका स्थानीय बाहेक जिल्ला बाहिरका मानिसहरुको उपस्थिती हुने गरेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds