पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले वैशाखदेखि पालिकामा वियरको बोतल निषेध गरिने बताएका छन् ।
आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले हिमाल पारीको जिल्ला मुस्ताङमा मंगलबार आयोजना गरेको घरपझोङ गाउँपालिकाको समृद्धिमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष लालचनले उक्त कुरा बताएका हुन् । सिसाको बोतल नकुहिने र गाड्दा समेत कयौं वर्ष रहने भएकाले वातावरणीय आधारमा समेत आफूहरुले सिसाको सिसा बोतललाई निषेध गर्ने उनले जानकारी दिएका हुन् । ‘वातावरणीय हिसाबमा फोहोर हुने भएको र नकुहिने भएको २०८० सालको वैशाखबाट हामीले यो निर्णय लागू गर्ने भएका हौं,’ गाउँपालिका अध्यक्ष लालचनले भने ।
एक फरक प्रशंगमा उनले सरकार परिवर्तन धेरै भएकाले आफूहरुलाई थप चुनौती थपिएको र समन्वयमा समस्या उत्पन्न भएको बताए । ‘एउटा सरकारको मन्त्रीलाई आफ्नो समस्या राख्यो, समाधान नहुँदै अर्को मन्त्री आइसक्छन्, त्यस्तो हुँदा हाम्रो समस्या समाधान हुन सकिरहेको छैन,’ उनले भने, ‘समस्या समाधानका लागि समन्वय गर्न समस्या हुँदा यहाँका समस्या ज्युँका त्युँ छ ।’
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा जिल्लाको न्यायिक समितिका संयोजक जमुना थकालीले जिल्लामा अझै पनि मुखिया प्रथा कायमै रहेकाले आफूसम्म धेरै जस्तो समस्या नै नआउने बताइन् । मुस्ताङको मात्रै नभएर नेपालका प्राय महिलाहरु अहिले पनि पछाडि नै रहेको उपाध्यक्ष थकालीको भनाई थियो । मुखियाले नै आम नागरिकको समस्या समाधान गर्ने भएकाले स्थानीय सरकारको महत्वका विषयमा आफूले नै बुझाउन नसकेको हो कि भन्ने भान हुन थालेको उनको भनाई थियो । जिल्लाका महिलालाई व्यवसायिक र आर्थिक रुपमा सवल बनाउन गाउँपालिकाले तालिम सञ्चालन गरेको भएपनि सहभागिता निकै कम हुने गरेको उपाध्यक्ष थकालीको गुनासो छ । ‘यहाँका महिलालालई समसामयिक विषयमा आयोजना हुने कार्यक्रम तथा तालिममा सहभागिता जनाउने विषयमा बुझाउन यझै कठिन छ,’ उनले भनिन् ।
फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली, फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगर लगायतले फोनिज गण्डकी र स्थानीय तह बिच सहकार्य गर्दै अघि बढ्नु आवश्यक रहेको बताएका थिए ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?