पोखरा । यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ ।
संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो । पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो ।
संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवका अवसरमा प्रकाशित दररेटमा संघ अन्तर्गतका होटलले २० प्रतिशत छुटको समेत घोषणा गरेको जानकारी दिए । नेपाली नयाँ वर्ष महोत्सवले कोभिड– १९ पछि सुस्ताएको पर्यटनलाई पुनरुत्थान गर्दै लयमा ल्याउने अपेक्षा अध्यक्ष सुवेदीले व्यक्त गरे । अहिले पोखरामा होटलको अकुपेन्सी ८० देखि ९० प्रतिशत हुनुपर्नेमा मुश्किलले ३० प्रतिशत रहेको उनले सुनाए ।
पृथ्वी राजमार्गको सुस्त र अव्यवस्थित स्तरोन्नती तथा गत माघ एक गते पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाले पोखराको पर्यटन सुस्ताउन पुगेको जानकारी पनि उनले दिए । सन् २०२० मा भ्रमण बर्ष मनाउने नाममा सरकारले व्यवसायीलाई होटल क्षेत्रमा लगानी थप्न उक्साउँदा अहिले व्यवसायी समस्यामा परेको गुनासो पनि उनले गरे । यसैगरी बैंकले पनि ऋण लिन जोडबल गर्दा र सात प्रतिशतको व्याज अहिले मनोमानी रुपमा १६ प्रतिशत पुर्याउँदा होटल क्षेत्र मारमा परेको अध्यक्ष सुवेदीले बताए ।
होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीणवहादुर पाण्डेले पोखरालाई साहसिक पर्यटनको राजधानीको रुपमा विकास गरिनुपर्ने सुझाव राखे । पर्यटन व्यवसायले विदेशी मुद्रा भित्र्याउन मद्दत गर्ने स्मरण गराउँदै उनले यो क्षेत्रलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने माग राखे । पर्यटनको विकास भयो भने अन्य धेरै क्षेत्र लाभान्विन हुने पनि उनले बताए ।
संघका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुलीले कला र संस्कृतिको जगेर्ना नै फेवा महोत्सवको मूल उद्धेश्य भएको बताए । नेपाली परम्परा जोगाउन महोत्सव सहयोगी हुने बताउँदै उनले महोत्सवका अवसरमा राम्रो कारोबार भई आर्थिक क्षेत्र चलायमान हुन मद्दत पुग्ने भनाई पनिे राखे । महोत्सवका अवसरमा झण्डै ५० हजार पर्यटकले लेकसाइडको भ्रमण गर्ने अनुमान पनि उनले सुनाए । पत्रकार सम्मेलनको संचालन संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले गरेका थिए । बाह्रसिंगे वियर महोत्सवको प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहप्रायोजक रहेका छन् । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने कार्यक्रमलाई पोखरा महानगरपालिकाले सघाएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो