पोखरा । कास्कीमा लागुऔषध दुब्र्यसनीको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०७९–२०८० को पहिलो नौ महिना सम्ममा ५८ वटा मात्रै मुद्धा दर्ता भएका छन्।
प्रेस क्लब गण्डकीले बुधबार पोखरामा आयोजना गरेको “लागु औषध दुब्र्यसनी विरुद्ध सञ्चारकर्मीको भुमिका” विषयक सचेतना मुलक कार्यक्रममा आर्थिक वर्ष २०७७–२०७८ मा १ सय ४९ थान र २०७८–२०७९ मा २ सय ४३ थान मुद्धा दर्ता भएको तथ्यांक सार्वजनीक गरिएको थियो ।
अघिल्लो वर्षको तथ्यांक र चालु आबको नौ महिनाको तथ्यांक हेर्दा लागुऔषध प्रयोगकर्ताको संख्या घटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनुभयो। अघिल्ला दुई वर्षको आधारमा अहिलेको नौ महिनामा दर्ता भएको मुद्धालाई विश्लेषण गर्दा घटेको देखिएको छ उहाँले भन्नुभयो, “अवको तीन महिनामा त्यती धेरै मुद्धा दर्ता हुने सम्भावना देखिदैन ।” त्यस्तै लागु औषध दुव्र्यसनकर्ताको उमेर अनुसार सबैभन्दा धेरै १५ देखि २४ वर्ष उमेर समुहका रहेका छन् । प्रहरी निरिक्षक मानन्धरका अनुसार १५ देखि २४ उमेर समुहका ५२ प्रतिशत रहेका छन् । भने ४२ प्रतिशत २५ देखि ३५ वर्षका रहेका रहेको उनले बताए । ३१ प्रतिशत ११ र १२ कक्षाका विद्यार्थी दुव्र्यसनीमा फसेको प्रहरी निरिक्षक मानन्धले बताए । उनका अनुसार साथिसंगीहरुका कारण लतमा फस्नेहरुको संख्या दिन प्रतिदिन बढि रहेको प्रति अभिभावकहरु सचेत हुनु पर्ने बताए ।

उनले अभिभावकहरुले आफ्ना वालवालिकाका बारेमा हरदम जानकारी राख्ने, वालवालिकाको हालसालैको फोटो सधै साथमा राख्ने, वालवालिकाको पहिरन, हुलिया बारेमा जानकारी राख्ने, साथी–सँगीको बारेमा जानकारी राख्ने, फोन नंबर राख्ने र स्कुल÷कलेज तथा अन्य रुटका बारेमा अभिभावकले सधै चनाखो भइ ध्यान दिनु पर्ने उल्लेख गरे। बालबालिकाको बद्लिदो व्यवहार प्रति चनाखो रहने, वालवालिका अपराधकर्म तर्फ प्रेरित हुनसक्ने बारेमा सजक रहनुपर्नेमा सुझाव दिए ।
आफना वालवालिकालाईे घरको वातावरण वालवालिका मैत्री बनाउने, प्रतिकुल अवस्था जस्तै विपद्, आपराधिक घटना, बन्धक बनाइएको अवस्था, हराएको अवस्था आदिमा हुनसक्ने सम्भावित खतरामा अपनाउनुपर्ने बताए।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं सामाजिक विकास समितका सदस्य धनकुमारी पोखरेल तिमिल्सेनाले लागु औषध बारे परिवारसम्मै सचेतना जगाउनुपर्ने खाँचो रहेको बताए। उनले कुलतमा बालबालिका फस्ने गरेको बताउदै त्यसबाट जोगाउन साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उनले लागु औषध सम्वन्धि विषयलाई नर्सरीदेखिनै पाठ्यपुस्तकमा समावेश गर्नसके रोक्न भुमिका खेल्ने बताए । उनले लागु औषध रोक्न म र हामी भन्ने भावनाबाट सुरुवात गर्नुपर्नेमा जोड दिए ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको काय्र्रक्रममा उपाध्यक्ष राजाराम पौडेल र सचिव गौरव त्रिपाठीले सञ्चार माध्यम र सञ्चारकर्मीको भुमिका महत्वपूर्ण हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’