पोखरा, १२ असार । शनिबार बिहानैदेखि सम्पर्कविहीन भएका पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको अवस्था अझै अज्ञात छ । तीनदिनदेखि बेपत्ता उनको खोजी कार्य निरन्तर गरिएपनि पत्ता लाग्न सकेको छैन ।
पछिल्लो क्रममा उनी महेन्द्रपुल चोक कटेको भिडियो सार्वजनिक भएको छ । शनिबार पूर्वान्हदेखि नै महेन्द्रपुलको मुनितिर सेती खोँचमा खोजी कार्य सुरु गरिएको थियो । त्यसपछि प्रहरीले सेती किनारमा खोजी गरिरहेको छ । शनिवार विहान ५ बजेतिर घरबाट निस्किएका उनी केहीबेरपछि महेन्द्रपुल पुगेका थिए ।
https://www.facebook.com/gandaknews/videos/848021495390104/
सेतीमा खोजी गर्ने क्रममा आईतबार सेती ड्याम समेत खोलिएको थियो । त्यसपछि पनि उनी फेला परेनन् । प्रहरीले खोजी भैरहेको जनाएको छ । उनी घरबाट निस्किने कारण पनि अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएको बताईन्छ । पत्रबारे केहि पनि खुलेको छैन ।
उनी घरबाट निस्किएपछि सेतीमा किनारमा एउटा शव फेला पारेको थियो । यद्यपी उक्त शव पुरानो र अर्कैको भएको प्रहरीले जनाएको छ । पौडेलको खोजी अहिले पनि जारी छ ।
कर्मचारी यूनियन भन्छः ‘पौडेल बेपत्ता हुनुमा महानगर दोषी’
स्थानीय तह कर्मचारी युनियनले बरिष्ठ अधिकृत पौडेल बेपत्ता हुनुमा स्वयं महानगरका प्रमुख र अन्य राजनीतिक संगठनहरु रहेको आरोप लगायो । फरक विचारका कर्मचारीलाई फसाउने, सताउने र अन्तिममा तर्साउने गरी मानसिक यातना दिईएको युनियनको आरोप छ ।
‘महानगरको प्रमुख एवं ब्यवस्थापन पक्षबाट घटुवा गर्ने, पदीय हिसावको मान मर्दन गर्ने, विना कारण अपायक सरुवा गर्ने र अतिरञ्जित लाञ्छना लगाउने गरेको कुरा जानकारीमा आएको छ, विज्ञप्तीमा उल्लेख छ – पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधी आएपछि फरक विचार राख्ने कर्मचारीलाई पेशागत र मानवीय संवेदनामाथी प्रहार हुन थालेको छ । यसको घोर भत्र्सना गर्दछौं ।’
महानगरकै कारण विगत ६ महिनायता पौडेललाई प्रताडित बनाईएको विज्ञप्तीमा उल्लेख छ । यस्तै कर्मचारीलाई विना भेदभाव काम गर्ने वातावरण सिर्जना गर्न पनि माग गरेको छ । पौडेलको शिघ्र खोजी गरी यस्तो अवस्था सिर्जना गर्नेमाथी खोजी गरी कारबाहीको माग गरिएको छ ।

सामाजिक सञ्जालमा चित्त दुःखाई
वेपत्ता पौडेलको विषयमा कर्मचारी यूनियनले विज्ञप्ती जारी गरेपछि राजनीति नगर्न भन्दै सामाजिक सञ्जालमा धारणाहरु सार्वजनिक भईरहेका छन् ।
पीडामा रहेका परिवारलाई झनै विक्षिप्त बनाउने गरी प्रचारबाजी नगर्न, दुःखद घटनामा राजनीति नगर्न विभिन्न क्षेत्रका व्यक्तिहरुले सचेत गराएका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए