पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापाले संवैधानिक व्यवस्थानुसार प्रदेश सरकारले निकासको बाटो खोजेको बताएका छन् ।
अनलाइन पत्रकार संघ गण्डकीद्वारा पोखरामा आयोजित ‘अनलाइन पत्रकारिता तालिम’ को शुभारम्भ कार्यक्रममा मन्त्री गाहाले अस्थिर राजनीतिका कारण प्रदेश सरकारले संविधानमा व्यवस्था भए अनुसार निकासको बाटो रोजेको बताएका हुन् ।
मन्त्री गाहामगरले विश्वासको मत लिने विषयमा अन्य दलसँगको छलफलपछि मात्रै थाहा हुने बताए । ‘प्रदेश सरकारले संवैधानिक व्यवस्थाले जे अधिकार दिएको छ, त्यही अनुरुप सरकारले आफ्नो निकास खोज्दैछ।, उनले भने, ‘अन्य राजनीतिक दलहरुसँग पनि परामर्श हुँदैछ । विश्वासको मत लिने कुरामा अन्य दलसँग छलफल गरेर कति संभावना रहन्छ । त्यही अनुसार अघि बढ्छौँ । अन्यथा, संवैधानिक व्यवस्था अनुसार अरु दलले सरकार सञ्चालनको जिम्मा प्राप्त गर्छ ।’
प्रदेश सरकारका प्रवक्तासमेत रहेका उनले मन्त्रालयको जिम्मेवारी बहन गर्न नपाउँदै सरकारबाट बाहिरिँदा योजनाहरुमा प्रभाव पर्ने धारणा राखे । उनले बधाइ र बिदाइ सँगसँगै जसाे हुन लागेको बताए । ‘केही नयाँ कुराहरुमाथि आफ्नो भूमिकाबारे अध्ययन गर्दागर्दै र नयाँ योजनाहरु रच्दारच्दै राजनीतिमा अस्थिरता देखियो, उनले भने, ‘दुलही भएर आउने दुरान फर्कन नपाउने जस्तै भएको छ । यसले गर्दा योजनाहरुमा प्रभाव पर्ने देखिएको छ ।’
उनले मिडियाकर्मीका समस्यालाई नजिकबाट नियालिरहेको बताउँदै समाधानका लागि पहल गर्ने बताए । मन्त्री गाहामगरले मिडिया विधेयकलाई संशोधन गरेर पत्रकारलाई अधिकार सुनिश्चित गराउनका लागि आफूले सरकार बाहिरै रहेपनि भूमिका खेल्ने बताए ।
अनलाइन पत्रकारिता तालिम सुरु
अनलाइन पत्रकार संघ गण्डकीकाे आयोजनामा तीन दिनसम्म सञ्चालन हुने अनलाइन पत्रकारिता तालिम शनिबारदेखि सुरू भएकाे हाे । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले पछिल्लो समयमा अनलाइन पत्रकारिताको महत्व बढेको बताइन् । पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुबेदीले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा लगेको विधेयक पत्रकार अनुकूल नभएको बताए । अन्य विधामा रहेका पत्रकार पनि अनलाइनमा आनुपर्ने उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखा उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कोभिड १९ पछिको समयमा नेपालमा अनलाइन पत्रकारिताको महत्व बढेको बताए । प्रशिक्षक केशव शरण लामिछानेले पत्रकार अनलाइन बिधामा जान नसके पत्रकारिता नै नरहने बताए ।
प्रशिक्षक भरत कोइरालाले अहिले मिडिया संक्रमणकालीन अवस्थामा रहेको जानकारी दिँदै प्रदेश सरकारले मिडिया सम्बन्धी कानुन बनाउन ढिलो गरेको धारणा राखे । अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्दै जाने बताए । कार्यक्रममा सहभागीलाई स्वागत उपाध्यक्ष सन्तोष बस्याल र सञ्चालन सचिव प्रह्लादचन्द्र घिमिरेले गरेका थिए ।
शनिवार भरत कोइरलाले कन्टेन्ट राइटिङ र केशव शरण लामिछानेले डिजिटल जर्नालिजमको विषयमा प्रशिक्षण गराएका छन् । आइतबार दिपक अधिकारीले तथ्यजाँच सम्बन्धी प्रशिक्षण गराउनेछन् । सोमबार प्रेस काउन्सिलका अधिकृत रामशरण बोहराले पत्रकार आचार संहिता सम्बन्धी प्रशिक्षण गराउने छन् । तालिममा ४० भन्दा बढी पत्रकार सहभागी भएका छन् ।
यसैबीच, शनिबारबाट नै अनलाइन पत्रकार संघ गण्डकीले संघको वेबसाइट www.onlinejournalist.org.np शुभारम्भ गरेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो