हेमजा । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतबार (आज) सकिदै छ ।
समापन कार्यक्रमलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्बोधन गर्नेछन्। त्यस्तै कृषक सम्मान, कृषि एम्वुलेन्स प्रदर्शनी लगायत विभिन्न पुरस्कार पनि वितरण हुनेछन्।
महोत्सव अन्र्तगत शनिबार रत्यौली गीत प्रतियोगिता भएको थियो । त्यस्तै लोकदोहोरीतर्फ प्रिन्स लम्साल, रामजी पौडेल र पारु गुरुङ साथै पपतर्फ अस्मिता अधिकारी, टुकी र डिमोर्चा व्याण्डले प्रस्तुति राखेको छ ।
त्यस्तै आइतबार कलाकारहरु नविन पौडेल, गगन गुरुङ, परशुराम अधिकारी, वसन्ती थापा र कमला केसीका प्रस्तुतिहरु रहने प्रचारप्रसार उपसमिति संयोजक निराजन अधिकारीले जानकारी दिए ।
शनीबार महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले हेमजामा प्रर्याप्त आलु उत्पादन हुनुपर्ने भन्दै खेतीयोग्य जमिन वर्षिनी घट्दै जानु दुखद् भएको औंल्याए । उनले शिक्षालाई व्यवहारिक बनाउनुपर्ने स्पष्ट पार्दै आउँदा वर्षहरुमा आलु महोत्सव गर्नका लागि सरकारी स्तरबाट बजेट व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
महोत्सव अन्त्यतिर आउँदा कृषि स्टलतर्फ दर्शकको आकर्षण बढेको पाइएको छ । त्यहाँ आलुका जातका अलवा तरकारीजन्य सामग्री, बोट विरुवा, कृषि औजार, प्राङगारिक मल लगायतका कृषि स्टलहरु रहेका छन् ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेले दर्शकलाई जानकारी दिने उद्देश्यले विभिन्न ४१ जातमा आलुको प्रदर्शनी पनि गरिरहेको छ । त्यहाँ उन्मोचन भएका १० जात, परीक्षणमा रहेका ११ जात, खेतवारीमा लगाइराखिएका उन्मोचोन्मुख ६ जात तथा क्षेत्रीय स्तरका हावापानीमा सुहाउँदा जातको पनि प्रदर्शन गरिएको निर्देशनालयमा प्राविधिक अधिकृत चन्द्राकान्त तिमिल्सीनाले जानकारी दिए । उनले मानिसहरु कृषि पेशाप्रति उदार बन्दै गएको भन्दै खुशी समेत व्यक्त गरे ।
महोत्सव स्थलमा कृषिजन्य सामग्री बेच्दै आउनु भएकी ललिता कृषि फर्मकी प्रोप्राइटर ललिता थापाले आफ्नो स्टलमा राम्रै व्यापार भइरहेको उल्लेख गर्दै महोत्सवलाई आउँदा वर्षहरुमा पनि निरन्तरता दिनुपर्ने बताए।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन्।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह