पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित ६१ घरपरिवारका विपन्न मजदुरको निःशुल्क बीमा गरिएको छ । वडा नं. १५ कार्यालयले पोखरा कम्युनिटी सेण्टरसहितको सहयोगमा वडा भरीका विपन्न मजदुरका ६१ घरपरिवारलाई पहिलो चरणमा स्वास्थ बीमा कार्ड वितरण गरेको हो ।
यो कार्यक्रमबाट औषतमा एकाघरका ५ जनाका दरले तीन सय बढी लाभान्वित भएका छन् । प्रत्येकले १ वर्षसम्म बढीमा १ लाखसम्मको स्वास्थ्य उपचार पाउनेछन् ।
वडाले विहीबार एक कार्यक्रमको आयोजना गरी ६१ विपन्न मजदुर र उनीहरुको परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण गरेको हो । यो मध्ये ३६ जनाको वडाले तथा २५ जनाको कम्युनिटी सेण्टरले बीमा गराएको हो ।
मजदुरहरुलाई बीमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गएको अवस्थामा स्वास्थ्य बीमाको महत्व झनै बढ्दै गएको बताए ।
कार्यक्रम संयोजक एवं वडा सदस्य मन्दिरा परियार, वडा सदस्यहरू बलराम पाैडेल, सेतीमाया गुरूङ, सहयोगी संस्था पोखरा कम्युनिटी सेण्टरका निर्देशकद्वय पार्क र जोन तथा व्यवस्थापक निर्मला भण्डारीले पनि मजदुरहरुलाई बीमा कार्ड वितरण गरेका थिए ।
स्वास्थ्य बीमाकर्ता पवित्रा पौडेलले बीमा सेवाको बारेमा जानकारी गराएकी थिइन् । कार्ड प्राप्त गरेकाहरुले एक वर्षसम्म विभिन्न १ हजार १ सय ३७ प्रकारका औषधी निःशुल्क रुपमा प्राप्त गर्ने उनले जनाइन् ।
कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख कृष्ण बाँस्तोलाले केन्द्रले दिएको सेवा तथा हाल सञ्चालन भइरहेको खोप र भिटामिन कार्यक्रमका बारेमा अवगत गराए ।
त्यस्तै, वडा सदस्य आशिष भण्डारीले कोभिडको संक्रमण बढ्दै गएको भन्दै अब सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।
भिडियाेः
https://youtu.be/fBVbL_V5hRU
तस्वीरहरूः




सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु