पोखरा, १२ असार । काठमाण्डौमा बुधबार बाट संचालन हुने स्वर्गीय प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागिता जनाउन कास्कीको बक्सिङ टोली त्यस तर्फ प्रस्थान गरेको छ ।
उक्त प्रतियोगितामा कास्कीका ९ जना प्रतियोगीले विभिन्न तौल समुहमा सहभागिता जनाउने छन । जस अनुसार ४१ केजीमा विष्णु गौतम, केशर बहादुर नेपाली र जिनेश गौतमले समान ५२ केजी, दिनेश बानिया ५६ केजी र रेक बहादुर शुव्वा ६० केजी तौल समुहमा प्रतिष्पर्धा गर्दैछन ।
त्यसै गरि अनिल थापा मगरले ६४ केजी, दिपक सुनुवार ८१ केजी, शुसान्त पुन ९१ केजी र मुन्ना गुरुङले ९१ भन्दा माथीको तौल समुहमा प्रतिष्पर्धा गर्ने टिमका प्रशिक्षक लोक बहादुर गुरुङले बताए ।
प्रशिक्षक गुरुङका अनुसार कास्की बाट सबै भन्दा कम उमेरका खेलाडीमा मुन्ना गुरुङ र शुसान्त पुन रहेका छन । उनका अनुसार ९१ केजी तौल सुमहमा १६ वर्षिय शुसान्त पुन र ९१ केजी तौल समुह भन्दा माथी सुपर वेटमा १५ वर्षिय मुन्ना गुरुङ रिङमा उत्रिने छन । उमेरले दुबै जना सानो भए पनि प्रशिक्षणले भने खारिएको उनले बताए ।
प्रशिक्षक गुरुङले केशर बहादुर नेपाली, दिनेश बानिया र दिपक शुनुवारले आ–आफ्नो वेटमा प्रतियोगितामा कास्कीका लागि पदक हासिल गर्ने दावी समेत गरे । कास्की बक्सिङ टिमको टिम म्यानेजरमा डिल्लीराज पुन रहेका छन ।
काठमाण्डौ जाने टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार र वरिष्ठ बक्सिङ प्रशिक्षक एवम क्षेत्रिय खेलकुद प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले बिदाई गरेका थिए ।
लैनचौर स्थित टेनिस हलमा संचालन हुने प्रतियोगिताको उदघाटन गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह