पोखरा । जागृती बाल तथा युवा सरकोकार नेपाल किशोरी समुहले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा नेतृत्व विकास कार्यक्रमको समापन समारोहकाबीच महिला तथा बालबालिको संरक्षण र अधिकार कार्यान्यवन गर्नुपर्ने १७ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको हो ।
बालबालिका सशक्तिकरणको अभियानमा रहेका किशोरीहरुको समुहको ध्यानाकर्षणपत्र बुझ्दै कानूनमन्त्री गाहामगरले आफ्नो तर्फबाट माग सम्बोधन गर्न सक्दो पहल गर्ने बताए ।
मन्त्री गाहामगरले बालबालिका तथा युवाहरु राष्ट्रिय गौरव रहेको उल्लेख गर्नुहुदै मन्त्री गाहामगरले किशोरीलाई सशक्तिकरण, बालमैत्री, पोषणमैत्री, युवामैत्री तथा कानूनले व्यवस्था गरेको बालअधिकारको संरक्षण गर्न आफु सधै लाग्ने बताए ।
उनले किशोरी समुहले प्रदान गरेको पत्रलाई मंत्रालयमा दर्ता गराएर यथोचित सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो समुहले बुझाएको ध्यानाकर्षणपत्रमा प्रदेशको बालबालिका सम्बन्धि ऐनको व्यवस्था स्वीकार्य रहेकाले कार्यान्वयनका लागि स्थानीय तहसम्म नै विभिन्न समितिहरु र संयन्त्रको व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै बालबालिकालाई राष्ट्रिय गौरव हो भन्ने नारालाई आत्मसाथ गरी बालबालिकामा लगानीको सुनिश्चितता गर्न माग तथा विद्यालय, तथा स्वास्थ्य संस्थाहरुमा बालिका तथा किशोरी सरोकार समुहको गठनका साथै प्रत्येक विद्यालयमा स्टाफ नर्स, स्वास्थ्यकर्मी र मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने माग उल्लेख छ ।
यस्तै बाल विवाह र अन्य हानिकारक अभ्यासको अन्त्यका लागि प्रदेश सरकारको रणनैतिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने किशोरी समुहको माग छ ।
किशोरीहरुका लागि देवचुली नगरपालिका र कावासोती नगरपालिकाको समन्वयमा जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा किशोरी स्रोत तथा सिकाई केन्द्र स्थापना भएकाले यस प्रदेश भित्रका अन्य स्थानीय तहमा पनि स्थापना गर्न पहल गर्न माग राखेका छन् ।
सो कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी र समाजसेवी राम प्रसाद सुवेदीले बाल तथा महिला अधिकारका बारेमा बोल थियो ।
नवलपुरका करिब ३५ जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन तिलोत्तन पौडेले गरेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो