पोखरा, १२ असार । एक्स्पोज नेपालद्वारा आयोजित ‘मिष्टर नेपाल —२०१८’ को पोखरा अडिसनका लागि आवेदन फाराम खुल्ला गरिएको छ ।
यहि असार २७ गते बिहान १०ः३० बजेदेखि पोखरा न्यु्रोड डिलाईट क्याफेमा हु्ने अडिसनमा १८ देखि २८ वर्ष उमेर समुहका युवाहरुले सहभागीता जनाउन पाउनेछन् । फारम शुल्क एक हजार र टेर्निङ शुल्क २५ हजार रुपैयाँ निर्धारण गरिएको पोखरामा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जनाईएको छ ।
सहभागीता लिन चाहनेलाई फारम परिचय एर्डभटाईजिङ सभागृह र डि लाईट रेष्टु्रेण्ट न्युरोडबाट उपलब्ध गराईने आयोजकले जनाएको छ । देशैभरि छरिएर रहेका युवाहरुलाई समेट्ने उदेश्यले काठमाडौं बाहिर पोखरा ,चितवन ,बुटवल,इटहरी लगायतका प्रमुख शहरमा प्रतियोगिताको छनौट चरणको अडिसन गर्न लागेको एक्सपोज नेपालकी सिईओ अर्चना थापाले बताईन ।
अडिसनबाट छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा ,सर्ट हाइकिङग, क्याटवाक, पब्लिक स्पिकिङ लगायतका विषयमा दक्ष प्रशिक्षक सहित अन्तिम प्रतिस्पर्धामा उतारिनेछ । यो वर्ष मिष्टर नेपालमा ४ जना विजेताहरु छनौट गर्ने आयोजकको लक्ष्य रहेको छ ।
जसअन्तर्गत मिष्टर नेपाल विजेताले मिष्टर वल्डको प्रतिनिधित्व गर्न पाउने छ । यस्तै फस्ट रर्नषअपले मिष्टर यूनिभर्सल एम्बेस्टर ,सेकेन्ड रर्नषअपले म्यानअफ द ईएर र तेस्रो रर्नषअपले मिष्टर नेश्नल यूनिर्भसको प्रतिनिधित्व गर्न पाउने आयोजकले उपलब्ध गराएको प्रेस विज्ञप्तीमा उल्लेख छ । यसका अलावा ,प्रतियोगीताबाट टाईटल विजेताले सुजुकी इन्ट्रुडेर बाईक सहित आर्कषक उपहार प्राप्त गर्ने छ ।
युवाहरुको व्यक्तित्वविकास ,आत्मविश्वास अभिवृद्धि ,क्षमता उजागर लगायत नेतृत्व क्षमता विकास,आन्तरिक र बाह्य क्षमता वृद्धि गर्ने उदेश्यले नियमित रुपमा आयोजना हदैंँ आएको मिष्टर नेपाल प्रतियोगीताबाट हालसम्म रोहित थेवे ,जिवन लुइँटेल ,गौतम सुवेदी ,उज्वल कार्की ,सुमेश घिमिरे ,डा.आयुष्मान घिमिरे ,सुरेश गौली ,सुरज चिलवाल ,सन्दिप पोख्रेल गणेश अग्वाल ,अक्षय रायमाझी लगायतका विजेता भईसकेका छन ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह