काठमाण्डाै। एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि फराकिलो जित निकालेकाे छ । शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको हो ।
नेपालले दिएकाे ३११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर ३ बलमा २२६ रनमात्र जोड्न सक्यो । ओमानका लागि माेहम्मद नदीमले ६५ र सन्दीप गाेदले ४६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।
आजको खेलमार्फत सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्। नेपाली स्पीनर लामिछानेले एसीसी प्रिमिअर कपको बिहीबार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।
लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन्। उनले ४२ खेल खेलेर १०० विकेट लिएका हुन् ।
याे जितसँगै समूह ‘ए’ मा रहेकाे नेपालले दुई खेलमा चार अङ्क जाेडेकाे छ । नेपाल तालिकाकाे शीर्ष स्थानमा यथावत् छ ।
एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला