पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले तनहुँको बेलचौतारामा शाखा खोलेको छ । नयाँ वर्ष २०८० को अवसरमा युआरएल शुक्लागण्डकी डाइग्नोस्टिक प्रालिको रुपमा युआरएले सेवा विस्तार गरेको हो ।
पोखराको न्युरोड, गिरी कम्प्लेक्समा प्रधान कार्यालय रहेका युआरएलको यो १४ औं शाखा हो । नयाँ शाखा सुरुआतको अवसरमा यहाँ वैशाख महिनाभर मधुमेहसम्बन्धी रगत जाँच सित्तैमा हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । वैशाख महिनाभर होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका रगत जाँचमा ३० प्रतिशत छुट दिइएको छ ।
शुक्ला गण्डकी नगरपालिका, खैरेनीटार र भिमादका स्थानीय र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका बिरामीलाई त्यहाँ सम्भव नभएका जाँचहरु सजिलै उपलब्ध गराउन शाखा खोलिएको युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला बताउँछन् ।
तनहुँमा युआरएलको यो तेस्रो शाखा हो । दुलेगौडा र दमौलीमा यसअघि नै युआरएलले सेवा विस्तार गरिसकेको छ ।
युआरएलले यो शाखामा करिब १ करोड लगानी गरेको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युआरएलले प्रदेशबासीलाई स्थानीय ठाउँमै गुणस्तरीय ल्याब सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । युआरएलले १४ शाखा र ७ कलेक्सन सेन्टरबाट अहिले सेवा दिइरहेको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण