पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको लायन वर्ष २०२३/२०२४ को अध्यक्षमा लायन रूद्रबहादुर श्रीस सर्वसम्मत निर्वाचित भएका छन् ।
क्लबको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा लायन श्रीस सर्वसम्मत चुनिएका हुन् । उनी यसअघि, क्लबको प्रथम उपाध्यक्ष थिए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, रिजन ९, जोन १९ अन्तर्गत रहेको सो क्लबको लायन वर्ष २०२३/०२४ को प्रथम उपाध्यक्षमा लायन सन्तु सुवेदी, द्वितीय उपाध्यक्षमा लायन सुशीला रामदाम र तृतीय उपाध्यक्षमा लायन विनिता सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको सचिव, कोषाध्यक्षलगायतका अन्य पदाधिकारी भने निकट भविष्यमा चयन गरिने क्लबकी २०२२/०२३ की अध्यक्ष लायन उषा थापाले जानकारी दिए ।
क्लबको निर्वाचनका अवसरमा बोल्दै लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ एम, नेपालका रिपोर्टिङ चिफ लायन कुलचन्द्र शर्माले व्यक्तिको नेतृत्व विकास र सामाजिक सेवाका लागि लायनवाद एउटा राम्रो माध्यम बन्न सक्ने बताए । अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित क्लबमा आबद्ध भएर धेरै सामाजिक काममा आफूलाई संलग्न गराउन सकिने भन्दै उनले लायनवाद र लायन्सका बारेमा बुझेर अघि बढ्नुपर्नेमा जोड दिए । स्थापनाको छोटो समयमा नै लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले डिष्ट्रिक्टमा राम्रो छाप पार्न सफल भएको भन्दै लायन शर्माले आगामी दिनमा पनि क्लबलाई दीर्घकालीन योजनाका साथ अघि बढाउन सुझाव दिए ।
त्यस्तै, लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ एम, नेपाल, रिजन ९, जोन १९ की जोन चेयरपर्सन एवं क्लबकी संस्थापक अध्यक्ष लायन कोपिला श्रीसले क्लबका सबै सदस्यहरूको साथ र सहयोगले नै क्लबलाई नयाँ उचाइसम्म ल्याइपु¥याउन सकिएको उल्लेख गर्दै आबद्धता र सक्रियतालाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताए । क्लबको अस्तित्व बचाइराख्न क्लबका सबै सदस्यले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
क्लबका निवर्तमान अध्यक्ष लायन कुश्मराज सुवेदीले क्लबमार्फत् धेरै सामाजिक कार्यमा जोडिन सकिने भन्दै सामाजिक कार्यका लागि शहर भन्दा पनि ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । क्लबको नेतृत्वकर्ताले समय दिएर नियमित बैठक र कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले उपयुक्त जिम्मेवारी बाँडफाँड गर्न सके काम गर्न सहज हुने उल्लेख गरे ।
क्लबका निर्देशक लायन सुरेन्द्र थापाले आफूले क्लबको विकासका लागि सधैं सहयोग गर्न तत्पर रहेको बताए । क्लबका नवनिर्वाचित अध्यक्ष लायन रूद्रबहादुर श्रीसले आगामी वर्षका लागि सबैको साथ लिएर क्लबलाई नयाँ उचाइमा पु¥याउन काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी