फेयर प्लेले जापानलाई साथ दियो, विश्वकप इतिहासमै फेयर प्लेका आधारमा अघिल्लो चरणमा

फेयर प्लेले जापानलाई साथ दियो, विश्वकप इतिहासमै फेयर प्लेका आधारमा अघिल्लो चरणमा

japan_y_Ge7B9reD6a

कोलम्बिया र जापान विश्वकपको समूह एचबाट क्रमशः विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।

पोल्याण्डसँग १–० गोलले पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । अर्कोतर्फ कोलम्बियाले सेनेगललाई पराजित गरेपछि उसले ६ अंकसहित समूह विजेताका रुपमा छनोट भयो ।

विश्वकप इतिहासमै पहिलो पल्ट कुनै टिम फेयर प्लेका आधारमा अघिल्लो चरण पुगेको हो । समूह चरणकाे खेलमा जापानले सेनेगलले भन्दा दुई वटा कम पहेँलाे कार्ड बेहाेरेकाले उ अर्काे चरणमा पुग्न सफल भएकाे हाे । सेनेगलले तीन खेलमा गरी ६ वटा पहेँलाे कार्ड पाएकाे थियाे भने जापानले ४ वटा पहेँलाे कार्ड पाएकाे थियाे ।

रुसको भोग्लोग्राड एरिनामा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पोल्याण्डले गोल गरेको थियो । खेलको ५९औं मिनेटमा जन बेडनारिकले गरेको गोल नै पोल्याण्डको सान्त्वना जितमा निर्णायक बन्यो ।

यसअघि नै विश्वकपबाट बाहिरिइसकेको पोल्याण्डले एक जितसँग विश्वकपको सुखद अन्त्य गरेको छ ।

यता कोलम्बियाले पनि सेनेगललाई १–० ले नै हरायो । पहिलो हाफ उसले पनि बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सेनेगलको बलियो रक्षापंक्ति तोड्दै यारी मिनाले गोल गरे । खेलको ७४औं मिनेटमा फर्नान्डो क्वीन्टेरोको कर्नर प्रहारलाई मिनाले पेनाल्टी एरिनाबाट हेडमार्फत गोल गरेका थिए । यही गोलले कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्यो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds