पोखरा जसीजले बार्षिक कार्यक्रम अन्तर्गत निरन्तरता दिँदै आएको जेसीज सप्ताह यही बैशाख १८ गतेदेखि २४ गतेसम्म हुने भएको छ । पोखरा जेसीजले शनिबार पत्रकार सम्मेलन गरी सात दिनसम्म विविध कार्यक्रमका साथ सप्ताह मनाउने जानकारी गराएको हो ।
जेसीज वीकेण्ड कार्यक्रम अन्तर्गत पहिलो दिन बैशाख १८ गते जेसीज सप्ताह शुभारम्भ तथा संसदीय बैठक प्रणाली तालिम सुशान्त पराजुलीको संयोजकत्वमा हुँदैछ । जहाँ पोखरा महानगरपालिकाका कार्यपालिका सदस्यलाई पोखरा सभागृहमा भेला गरी दिइनेछ ।
दोस्रो दिन १९ गते प्लस टु विद्यार्थीलाई वृत्ति विकास योजना परामर्श दिइनेछ । पर्यटन बोर्डको सभाहलमा हुने कार्यक्रमको संयोजक सुजन पोखरेल छन् ।
यसैगरी, सप्ताहको तेस्रो दिन वैशाख २० गते उद्यमी तथा व्यवसायीका वर्तमान अवस्था, चुनौती र अवसर विषयक गोष्ठी गरिने छ र संयोजक सञ्जय शर्माले तयारी तीब्र पारेका छन् । यो कार्यक्रम पनि पर्यटनबोर्डकै सभाहलमा हुनेछ ।
वैशाख २१ गते, चौथो दिन खेलकुद तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम रहेको छ । मादी ९, कास्कीका हिमालय माविका विद्यार्थीलाई आवश्यक सामाग्री बाँडिने र यसको यसको संयोजन विवेक ढुंगानाले गरेका छन् ।
पाँचौ दिन २२ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जेसीजकै सचिवालय रानीपौवामा हुने कार्यक्रमको लागि संयोजक सञ्जय कोइरालाले तयारी अघि बढाएका छन् ।
वैशाख २३ गते छैटौं दिन हुने कार्यक्रम निःशुल्क स्वास्थ्य तथा दन्त शिविर हुनेछ । मादी गाउँपालिका वडा नं. ४ मा हुने शिविरबाट ३, ४, ५ वडाबासी लाभान्वित हुने विश्वास छ । यसको संयोजकमा किरण आचार्य छन् ।
र, अन्तिम दिन वैशाख २४ गते गण्डकी युवा वक्ता तथा समापन कार्यक्रम हुनेछ । सचिवालय रानीपौवामै हुने कार्यक्रमको संयोजन सन्तोष लामिछानेले गरेका छन् । सम्पूर्ण तयारीहरु अन्तिम चरणमा रहेको यसका संयोजकहरुले बताएका छन् ।
जेसीज वीकइण्डका मुल संयोजक सुमन पहारीले सामाजिक क्रियाकलापमा युवाहरुको संलग्नता बढाउँदै सामाजिक संस्थाको जिम्मेवारी र उत्तरदायित्व पुरा गर्ने हेतुले वार्षिक रुपमा समाज लक्षित कार्यक्रम राखिएको बताए । उनले कार्यक्रम सञ्चालनका लागि ५ लाख ७० हजार खर्च लाग्ने र सो रकम विभिन्न संघसंस्था तथा जेसीज सदस्यहरुबाट संकलन गरिएको जनाए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका पोखरा जेसीजका अध्यक्ष गणेश गिरीले युवा, विद्यार्थी लक्षित कार्यक्रमका साथै स्वास्थ्य सम्बन्धी यस्ता खालका कार्यक्रम वर्षेनी गर्दै आएको जनाए ।
पोकोम्याट एजुकेशन नेटवर्क प्रालिको मुख्य प्रायोजन रहेको छ भने नबिल बैंक र निफोठर्ड एकेडेमीले सहप्रायोजकका रुपमा साथ दिएका छन् । पोखरा मनपा, मादी गापा, पर्यटन बोर्ड र रक्तसञ्चार केन्द्रको सहकार्य रहेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर