इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो ।
विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ । समूह जी बाट सबै तीन खेल जितेको बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।
अघिल्लो चरणमा खेल्नुपर्ने टीमका बारेमा निश्चित भईसकेका कारण जित्दा भन्दा हार्दा कम सशक्त टीम भएकाले हार्दा नै दुवै यटमलाई फाईदा थियो । किनकि दुवै टीम नकआउट प्रवेश गरिसकेका थिए । त्यसैले, समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा इंग्ल्याण्ड र बेल्जियम दुवैले टिममा ब्यापक फेरबदल गरेका थिए ।
यसअघिका दुई म्याच खेलेका भन्दा बेल्जियमले ९ तथा इंग्ल्याण्डले ८ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो रोजाइको टिम मैदानमा उत्रँदा खेल अपेक्षाकृत प्रतिस्पर्धात्मक बन्न सकेन ।
समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।
यस समूहबाट समूह विजेता जानेतर्फको पोलमा ब्राजिल, फ्रान्स, अर्जेन्टिना, पोर्चुगल, उरुग्वेजस्ता प्रभावशाली टिम पुगिसकेका थिए । अर्को दोस्रो पोलमा भने स्पेनबाहेक उपाधि दाबेदार मानिएका टोली छैनन् । यसैकारण इंग्ल्याण्ड र बेल्जियम दुवैलाई उपविजेता बन्नु नै फाइदाजनक थियो ।
बुधबारको प्री-म्याच कन्फरेन्समा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका थिए ‘भोलि हामी राम्रो खेल्न त चाहन्छौँ, तर जीत हाम्रो प्राथमिकता होइन ।’ इंग्ल्याण्ड पनि यो परिस्थितिप्रति जानकार छ र उसले पनि जीतका लागि अधिकतम बल प्रयोग गर्ने थिएन ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला