पोखरा, १५ असार । आज असार १५ ,अर्थात् १५ औँ राष्ट्रिय धान दिवस । धान उत्पादनमा वृद्धि: राष्ट्रको समृद्धि भन्ने मूल नाराका साथ मनाइँदैछ । असार १५ एबं धान दिवसको अबसरमा आज देशभर रोपाई महोत्सब हुदैछ । काठमाडौं, पोखरा लगायतका स्थानमा विशेष रोपाई महोत्सब हुदैछ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सब हुदैछ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारा सहित हुने १५ औ असारे रोपाई महोत्सव पोखरा महानगरपालिका २४ पामेमा गर्न लागिएको छ । स्थानीय अशोक पालिखे र कृष्णमोहन पराजुलीको चार रोपनी खेतमा महोत्सव गर्न लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले जानकारी दिए । महोत्सवमा रोपाई प्रतियोगिता, हिलोमा माच्छा समात्ने प्रतियोगीता, पर्यटन दौड प्रतियोगिता, रसी तान्ने प्रतियोगिता , साउने प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम गर्ने उनले बताए । सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन शुरु गरिएको थियो ।
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु-याउन भन्दै हरेक वर्ष धान दिवस मनाइँदै आएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन ९जिडिपी० मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन ।
युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रूपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरूपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञको भनाइ छ । नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ