वैशाख । पोखरा महानगरपालिकाले विद्युतीय पार्श्वचित्रका लागि घरधुरी तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
समग्र महानगरपालिकाको वस्तुगत अवस्थाको विद्युतीय अभिलेखीकरणका लागि पारिवारिक विवरण सहितको तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । यस क्रममा व्यक्तिको पारिवारिक अवस्था, आर्थिक अवस्था, व्यवसायीक विवरण, घर बहाल, कृषि तथा पशुपालन, रोजगारीको अवस्था, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरणहरू सङ्कलन गरिनेछन् ।
यस्तो प्रकारको तथ्याङ्क सङ्कलनले महानगरलाई आगामी योजनाहरू निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । तथ्याङ्क सङ्कलन गर्न छनौट भएका सर्वेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्तो विश्वास व्यक्त गरे । “समग्रमा महानगरको अवस्था के हो भन्ने विषयलाई विद्युतीय अभिलेखीकरण गर्न जरुरी छ, प्रमुख आचार्यले भने, यस्तो अभिलेखले महानगरका योजनाहरू निर्माण गर्दा त्यसको आवश्यकता र प्राथमिकता निर्धारणमा महत्त्वपूर्ण सहयोग पुग्छ ।” उनका अनुसार सर्वेक्षकहरूले महानगरवासीका घरघरमा पुगेर यथार्थ विवरण सङ्कलन गर्नेछन् ।
नगरवासीहरूको प्रमुख सुचाङ्कहरु, खण्डीकृत सुचाङक्को पहिचान, आर्थिक सबलता र दुर्बलताको अवस्था, विपन्नता र विपत् जोखिम क्षेत्रहरूको पहिचान लगायतका अवस्थामा यो उपयोगी हुने उहाँले विश्वास व्यक्त गरे। महानगरपालिकामा सञ्चालित व्यवसायहरूको वैधानिकता र त्यसलाई करको दायरामा ल्याउँदै प्रत्येक आर्थिक वर्षमा आर्थिक गतिविधिहरूको विवरण सहित आर्थिक सर्वेक्षण प्रकाशनका लागि भर पर्दो सूचनाको रूपमा यसले सहयोग गर्ने उनले बताए ।
महानगरपालिका ३३ वडामा तथ्याङ्क सङ्कलनका लागि २२० जना सर्वेक्षकहरू छनौट भएका छन् । उनीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिसकिएको छ । उनीहरू तथ्याङ्क सङ्कलनका लागि यही वैशाख २५ गते देखी फिल्डमा खटिनेछन् ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु