पोखरा । तनुहँको चुँदेर युवा क्लबद्वारा आयोजित प्रथम चुँदेर कप साबिक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब शुक्लागण्डकी २ कोत्रेले जितेको छ ।
व्यास नगरपालिका ५ मा चुँदेर खेल मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा सिद्धबाबा युवा क्लब व्यास १३ लाई २५–२१ र २५–२२ को सोझो सेटमा हराउदै अन्नपूर्णले उपाधि जितेको हो ।
उपाधिसँगै अन्नपूर्ण क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्याे । यसैगरी उपविजेता बनेको सिद्धबाबा क्लबलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष सुक बहादुर थापामगरले जानकारी दिए ।
उनका अनुसार सान्त्वना स्थान हासिल गरेको त्रिवेणी युवा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे ।
प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा अन्नपूर्ण युवा क्लबका रवि गुरुङ घोषित हुदै पुरस्कृत भएको खेल संयोजक कुशल थापाले बताए । उनका अनुसार उत्कृष्ट स्पाइकरका रुपमा त्रिवेणी युवा क्लबका विवेक कुमाल र उत्कृष्ट लिफ्टरका रुपमा सिद्धबाबा क्लबका नवीन आले पुरस्कृत भए ।
प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई व्यास नगरपालिका ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ तथा पुरस्कार प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष श्रेष्ठले स्थानीय स्तरको खेलाडी उत्पादन गराउनका लागि वडास्तरीय प्रतियोगिताको आवश्यकता रहने धारणा राखे ।
उनले आगामी दिनमासमेत सो प्रकारका प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताए । उनले प्रतियोगिताले प्रतिभावान खेलाडीलाई अवसर मिल्ने बताउदै प्रोत्सहान गर्न अपरिहार्य रहेको उल्लेख गरेका थिए ।
सो प्रतियोतिको प्रथम पुरस्कार बेलायती सेना विजय सुनारले, द्वित्तिय पुरस्कार पोखरा इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक इन्जिनियर यम बहादुर थापामगरले र तृतीय पुरस्कार पुष्पराज ओझाले प्रायोजन गरेका थिए ।
क्लबका अध्यक्ष सुक बहादुर थापामगरको सभापतित्वमा भएको पुरस्कार वितरण तथा समापन समारोहको सञ्चालन विकास थापामगरले गरेका थिए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’