पोखरा । परराष्ट्र मन्त्रालयका नायब सुब्बा ३१ वर्षीय अनुप भण्डारी सोमबार पोखरामा मृत भेटिए । बिहान ८ बजे बेगनास तालमा डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिरहेको अवस्थामा उनको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल पुगी शवलाई तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको थियो ।
आइतबार दिउँसो २ बजे आफ्नो परिवारलाई पोखरा आइपुगेको सन्देश पठाएको अनुपले ‘सुसाइड नोट’ लेखेको भेटिएको छ । प्रहरीका अनुसार भण्डारी आइतबार दिउँसो १ बजे काठमाडौँबाट जहाज चढेर पोखरा आएका थिए ।
भण्डारीको शव तालको छेउको पानीमा घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जनाए ।
‘बेगनास तालको डुंगा घाटभन्दा ४/५ सय मिटर पर तालमा मृत भेटिए । झोला रहेछ, झोलामा मोबाइल र १०÷१२ हजार रुपैयाँ रहेछ । औषधि पनि रहेछ, चप्पल र छाता पनि,’ उनले भने ।
शव पोस्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । उनको परिवार मंगलबारमात्र पोखरा आइपुग्ने प्रहरीले जनाएको छ । भण्डारीको घर उदयपुर हो । तर उनको परिवार विराटनगरको राजवंशी चोकमा बस्दै आएको प्रहरीको भनाइ छ ।
भण्डारी परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत थिए । प्रहरीका अनुसार उनी आइतबार दिउँसो १ बजेको सौर्य एयरको उडानमा काठमाडौँबाट पोखरा आएका थिए ।
भण्डारी आफैँ तालमा फाल हानेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । घटना आइतबारकै भएको प्रहरीको भनाइ छ ।
सुसाइड नोटमा आफूले संसार सबै देखेको र अब हेर्न र देख्न बाँकी नरहेकाले आफूले देह त्याग गरेको उल्लेख रहेको प्रहरी स्रोतले जनायो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो