विश्वकपका दावेदार मानिएका दुई टीम एक दिन बाहिरिनु, महान खेलाडीहरु मेस्सी र रोनाल्डो अब विश्वकपमा देख्न नपाउनु । शनिबार विश्वकपको नकआउट चरणको पहिलो खेलमै समर्थकहरुले ठूलो झड्का ब्यहोरे ।
फुटबलका दुई महारथी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको टिम विश्वकपबाट एकैदिन बाहिरिएको छ । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससँग पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग पराजित भयो ।
गए राति भएको प्री-क्वार्टर फाइनल अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । भने फ्रसले अर्जेन्टिनालाई ४- ३ गोल अन्तरले हराएको हो । यस जीतका साथ उरुग्वेले र फ्रन्सले क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ ।
इतिहासमै पहिलोपटक नकआउट चरणबाट बाहिरिएको अर्जेन्टिना यसअघि १९६२ र २००२ मा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्सले खेलको १३औं मिनेटमा फ्रान्सका ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सले अग्रता दिलाएका थिए ।
फ्रान्सका एम्बाप्पेले काउन्टरबाट लगेको बललाई रोक्न खोज्दा अर्जेन्टिनाका रोजोर्ले डी बक्स एरियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । फ्रान्सले १-०को अग्रता लिएपछि अर्जेन्टिना दबाबमा आएको थियो । तर, खेलको ४० औँ मिनेटमा अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुवातमा नै अर्जेन्टिनाले अग्रता लिएको थियो । खेलको ४८ औँ मिनेटमा मेसीको एसिस्टमा मरकाडोले गोल गर्दै खेलमा अग्रता कायम गरेका थिए ।
तर, अग्रताको खुसी मनाउन नपाउँदै ५७ औँ मिनेटमा बेन्जामिनले दोस्रो गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याएका थिए । तर, फ्रान्स त्यतिमामात्रै सीमित रहेन, खेलको ६४ र ६८ औँ मिनेटमा बाम्पेले गोल गरेका थिए । अतिरिक्त समयमा अग्युरोले गोल गर्दै खेललाई ४-३ गोल अन्तरमा ल्याएपनि जित निकाल्न सफल भएन र अर्जेन्टिना विश्वकपबाट बाहिरिन पुग्यो ।
यता, उरुग्वेको एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गर्यो । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्याएका छन्। अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे ।
३० जुनमा भएको नकआउट स्टेजको भिडन्तमा १० गोल भएको छ । विश्व कपमा १९७० पछि पहिलो पटक यति धेरै गोल भएको हो । उरूग्वेले पनि खेलेको खेलबाट गोलसंख्या यति धेरै पुगेको हो । अब फ्रन्स र उरुग्वेको भेट जुलाई ६ मा हुनेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु