पोखरा महानगर अन्तर्गत ३३ वटा वडामध्ये सामाजिक काममा सक्रियतापूर्वक लागेको वडामध्ये वडा नं. १५ अग्रपंक्तिमा आउँछ । तोरणबहादुर बानियाँ वडाध्यक्षमा निर्वाचित भएपछि उनले सुरु गरेको प्रशंसनीय काममध्ये वृहत सरसफाई कार्यक्रम पनि एक हो । वडामा सरसफाई, खेलकुद, विपन्न वर्गलाई सहयोग हस्तान्तरणका कार्यक्रमहरु निरन्तर हुँदै आएको छ ।
वडा नं. १५ ले मासिक रूपमा आयोजना गर्दै आइरहेको बृहत् सरसफाई कार्यक्रमको वैशाख महिनाको श्रृंखला शनिबार सम्पन्न भएको छ । रातीखहरेदेखि सीताघाटसम्म सरसफाई गरिएको छ ।

‘हाम्रो वडा, राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा अन्तिम शनिबार कार्यक्रम आयोजना गर्दै आएको हो । सरसफाइ कार्यक्रममा टोलबासी, आमा समूह, युवा क्लब, नागरिक समाज, विद्यार्थी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत राजनीतिक दलको पनि सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष बानियाँले आफ्नो घर मात्र होइन, घर अगाडि, टोल सफा राख्न सके मात्र वातावरण स्वच्छ हुने र स्वस्थ रहन सकिने बताए । उनले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

बानियाँले सरसफाई अभियानका लागि मात्र वडाले यस वर्ष १७–१८ लाख बजेट बिनियोजन गरेको भन्दै टोल–टोलमा डस्टबिन वितरण लगायत फोहोर वर्गीकरणका लागि तालिमहरू सञ्चालन हुने बताए ।

कार्यक्रमकाे संयाेजन वडा सदस्य आशिष भण्डारीले गरेका थिए ।

सम्बन्धित समाचारहरु:
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन