अश्विन दानी, गोरखा: शैक्षीक शत्र २०७४÷२०७५ सालमा गोरखा जिल्लाबाट एसईई परीक्षा दिएका विद्यार्थी मध्ये एकसय १२ जनाको नतिजा सार्वजनीक भएको छैन् । राष्ट्रिय परीक्षा बोर्डले गत असार नौ गते सार्वजनीक गरेको नतिजामा गोरखाबाट एसईई दिने एकसय १२ जना बिद्यार्थीहरुको नतिजा सार्वजनीक नभएको हो ।
२०७४ सालमा जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये चार हजार छ सय ९४ जना विद्यार्थीको मात्रै नतिजा सार्वजनिक भएको जिल्ला प्रशासन कार्यालय शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।
‘परीक्षार्थीको सामान्य गल्तिकै कारण उनीहरुको नतिजा सार्वजनिक हुन नसकेको हो’ जिल्ला प्रशासन कार्यालय शिक्षा बिकास तथा समन्वय इकाई गोरखाका प्रमुख खेमराज पौडेल भन्छन्, ‘परीक्षा दिँदा बिद्यार्थीहरुले उतर पुस्तीकामा सिम्वोल नम्बर गलत लेखेकाले, उमेर नपुगेकाले, कसैको प्राक्टिकल नम्वर नगएकाले जस्ता कारणले उनीहरुको नतिजा सार्वजनिक हुन नसकेको हो । तर, हामीले यहाँबाट सम्बिन्धत ब्यक्तिको नाउमा सिफरीस गरी परीक्षा वोर्डमा पठाईदिन्छौँ । त्यसै अनुसार नतिजा उनीहरुले पाउने छन् ।’ नतिजा ग्रेडीङ प्रक्रियामा आउन थालेपछि गोरखामा पहिलो पटक सबै बिद्यार्थीहरुको नतिजा सार्वजनिक हुन नसकेको उनले बताए ।
२०७४ सालमा गोरखा जिल्लाबाट जम्मा चार हजार आठ सय छ जना बिद्यार्थीले परीक्षाका सहभागी भएका थिए । सहभागी बिद्यार्थी मध्ये दुई हजार ३४ जना छात्र र दुइृ हजार दुईसय ६८ जना छात्रा सशभागी रहेको कार्यालयको तथ्याङकले जनाएको छ ।
हाल शिक्षा बिभागबाट प्राप्त तथ्याङ अनुसार गतबर्ष जिल्लाबाट एसईई परीक्षामा सहभागी बिद्यार्थीमध्ये ३.४ देखि ४.० सम्म ल्याउने बिद्यार्थीहरु ७३ जना, ३.२ देखि ३.६ सम्म ल्याउने दुईसय ८० जना, २.८ देखि ३.२ सम्म ल्याउने छसय ४७ जना, २ं.४ देखि २.८ सम्म एक हजार तीन सय ३० जना, २.० देखि २.४ एक हजार छसय ८३ जनाले औसत ग्रेड अङ्क ल्याएका छन् । त्यस्तै, १.६ देखि २.० सम्म छ सय ३० जना, १.२ देखि १.६ सम्म ५४ जना, ०.८ देखि १.२ सम्म तीन जनाले औसत ग्रेड अङ्क प्राप्त गरेका छन् ।
अघिल्लो दुई बर्षको तुलनामा यस बर्षको बिद्यार्थीहरुको नतिजा हेर्दा ग्रेडीङमा सकारात्मक सुधार आएको पौडेलको भनाई छ । ‘औसतमा हेर्दा गत बर्षको तुलनामा नतिजा राम्रै छ’ उनले भने ‘तर, कोही बिद्यार्थीहरुको नतिजा सार्वजनिक नहुँदा सन्तुष्ट मान्ने अबस्था छैन् । उनीहरुको पनि नतिजा पाउनका लागि हामी सिफरीस गर्दिन्छौँ ।’ परीक्षा दिँदा आफुले समावेश गर्नुपर्ने बिबरणहरु ध्यान दिएर नलेख्दा समस्या झेल्नु पर्ने उनले बताए ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस